२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

भतौडी गाउँलाई क्लिन बनाउन डष्टबिन वितरण

२०७८ श्रावण १६, शनिबार प्रकाशित (५ साल अघि) १२६८ पाठक संख्या

दैनिक 24 खबर संवाददाता
परासी, १६ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिका—१२ स्थित भतौडी गाउँलाई क्लिन भतौडी बनाउन डष्टविन वितरण गरिएको छ ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासी र ईको लाईफ नेपालको संयुक्त आयोजना एवं वास पत्रकार समूह नवलपरासीको सहआयोजनामा आज भतौडीमा एक कार्यक्रम गरी डष्टविन वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जनता सम्झौता बचत तथा ऋण सहकारी संस्था लिमिटेड भूमहीका अध्यक्ष एवं समाजसेवी डोलराज भण्डारीले वातावरण र पर्यावरण स्वच्छ भएमात्र मानव निरोगी हुने भएकोले वातावरण स्वच्छ राख्ने अभियानमा सबैको होतमालो आवश्यक रहेकोमा जोड दिनुभयो ।
सरसफाइ मानवको सभ्यतासँग जोडिएकोले फोहोर व्यवस्थापन सबैको लागि र सधैँको लागि आवश्यक रहेको उहाँले बताउनुभयो । प्राप्त डष्टविनलाई सही सदुपयोग गरी भतौडी गाउँलाई सुन्दर र सफा राख्न उहाँले गाउँवासीलाई अनुरोध गर्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका जिल्ल अध्यक्ष राजकुमार श्रेष्ठले भतौडी गाउँलाई सुन्दर र सफा बनाउने अभियानका लागि डष्टविन वितरण गरिएको बताउनुभयो । उहाँले डष्टविनको सही सदुपयोग गरी कुहिने र नकुहिने फोहोर छुट्टाएर व्यवस्थापन गर्न आग्रह गर्नुभयो । यो अभियानलाई अन्य स्थानमा पनि निरन्तरता दिईने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
वास पत्रकार समूह नवलपरासीका अध्यक्ष मोहन पौडेलले सरसफाइ मानवको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकोले रोगबाट टाढा हुन जथाभावि फोहोर फाल्ने कार्य बन्द गर्नुपर्ने बताउनुभयो । भतौडी गाउँमा यात्रा गर्ने बटुवा तथा यात्रीहरु र गाउँलेहरुले सडकमा यत्रतत्र फाल्ने फोहोर विसर्जनका लागि दश वटा डष्टविन वितरण गरिएको ईको लाईफ नेपालका अध्यक्ष दुर्गाप्रसाद केवटले बताउनुभयो ।
खानेपानी महासंघका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य बलबहादुर थापा, समाजसेवी मोहन चौधरी, सुर्यप्रकाश चौधरी लगायतले पनि बोल्नुभएको थियो । कार्यक्रममा खानेपानी महासंघका जिल्ला उपाध्यक्ष तारा सुनार, सचिव देवीदत्त सापकोटा, स्थानीय जनप्रतिनिधि, सन्चारकर्मी, स्थानीयवासी लगायतको सहभागिता रहेको स्थानीय अभियान्ता मदन सुवेदीले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%

प्रतिक्रिया दिनुहोस


↑