२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा १५७ जनाको मृत्यु

२०७८ श्रावण १५, शुक्रबार प्रकाशित ( साल अघि) ५०१ पाठक संख्या

परासी, १५ साउन । पश्चिम नवलपरासीमा कोरोना संक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दघाट नगरपालिका—१३ की ६५ वर्षीय महिला हुन् । उनको भैरहवास्थित भीम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय परासीले जनाएको छ ।
यो सँगै कोरोना संक्रमणबाट पश्चिम नवलपरासीमा मृत्यु हुनेको संख्या एक सय ५७ पुगेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो । यस्तै आज जिल्लामा ६ जना संक्रमित थपिएका छन् ।
कार्यालयका अनुसार बर्दघाटका एक जना महिला र तीन पुरुष गरी चार जना तथा सुनवलका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै जिल्लामा कोरोना संक्रमितको संख्या चार हजार आठ सय ९२ पुगेको छ भने कोरोना संक्रमण मुक्त हुनेको संख्या चार हजार छ सय ५६ जना रहेका छन् । आज मात्र चार जना निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । अव जिल्लामा सक्रिय संक्रमितको संख्या ७९ रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस