२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रामग्राम नगरपालिका बालमैत्री नगर घोषणाको अन्तिम तयारीमा

२०७८ श्रावण १४, बिहिबार प्रकाशित ( साल अघि) ६२८ पाठक संख्या

मोहन पौडेल
परासी, १४ साउन । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकालाई बालमैत्री नगर घोषणाको लागि अन्तिम तयारी भईरहेको छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ र बालमैत्री स्थानीय तह घोषणा कार्यविधि २०७ण् अनुसारका सबै सूचक पूरा गरेकोले बालमैत्री नगर घोषणाको लागि तयारी तीव्र पारिएको नगरपालिको जनाएको छ ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति २०६८ ले बालमैत्री घोषणाका लागि ३९ सूचक र नगरपालिकाबाट थप एक सूचक गरी ४० सूचक तथा १६ वटा खुड्किला पूरा गर्नुपर्ने प्रावधान अनुसार रामग्राम नगरपालिकाले सबै सूचक पूरा गरेको बालमैत्री फोकल पर्सन नगेन्द्र यादवले बताउनुभयो । सूचक पुरा गरेसँगै बालमैत्री दीगोपनाका लागि पञ्चवर्षीय रणनीति समेत तयार गरि नगरसभाबाट पारित गरिएको उहाँले बताउनुभयो ।
सबै सूचक पूरा गरेपछि जिल्ला तहबाट अनुगमन गर्न जिल्ला समन्वय समितिलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको अनुरोध बमोजिम जिल्ला समन्वय समितिले सराकोरवालाहरुको सहभागितामा बालमैत्री नगर घोषणाका लागि भएका तयारीको विषयमा जानकारी तथा छलफल गरेको छ ।
उक्त छलफलले नेपाल सरकारले यही असार अन्तिममा जारी गरेको स्थानीय शासन कार्यान्वयन कार्यविधिले तोके अनुसारका सूचक पुरा गरेको प्रतिवेदन नगरपालिकाले पेश गरेपछि जिल्ला तहबाट अनुगमन गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले जानकारी दिनुभयो ।
साविकमा ४० सूचक रहेकोमा नयाँ कार्यविधि अनुसार अव ५१ सूचक पुरा गर्नुपर्ने हुन्छ । नयाँ थप भएका सूचक पनि अधिकांश कार्यान्वयनकै चरणमा रहेकोले नयाँ कार्यविधि अनुसारको विवरण अध्यावधिक गरी छिट्टै जिससमा पठाईने नगर शिक्षा अधिकारी रुद्रप्रसाद रेग्मीले बताउनुभयो ।
जिसस प्रमुख रायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख डोलराज पाण्डे, नगर शिक्षा अधिकारी रेग्मी, जिल्ला समन्वय अधिकारी प्रेम आचार्य, पृथ्वीचन्द्र अस्पतालका निमित्त मेसु डा. सुरज तिवारी, जिल्ला बाल सञ्चालका अध्यक्ष कृष्ण घिमिरे, नगर बाल सञ्जालकी अध्यक्ष गोमा अग्रहरी, पत्रकार, सुरक्षाकर्मी लगायतको पनि सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%१%

प्रतिक्रिया दिनुहोस