२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

नेपालमा कोरोनाको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन फेला

२०७८ श्रावण १२, मंगलबार प्रकाशित ( साल अघि) ४५१ पाठक संख्या

काठमाडौं, साउन १२ । नेपालमा कोरोनाको संक्रमणको डेल्टा प्रजातिको अर्को नयाँ उत्परिवर्तन देखिएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी उक्त कुराको जानकारी गराएको हो । यही जेष्ठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भागहरुबाट परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट पुष्टि भएको मन्त्रालयले बताएको छ ।

यसैगरी, तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जनाएको छ ।पुष्टि भएका तीनवटा नयाँ उत्परिवर्तन भाइरस पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त भेरिएन्ट बढी संक्रामक देखिएकाले सबै उमेर समूहका व्यक्तिलाई असर गर्न सक्ने भन्दै सबैलाई सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।

सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न समेत मन्त्रालयले आग्रह गरेको छ । जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न भनिएको छ । उक्त नमुनाहरु विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालय तथा दक्षिणपूर्वी एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित आइजीआइबीमा असार ३० गते परीक्षणको लागि पठाइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस