२०८३ अषाढ ४, बिहिबार
24 खबर अपडेट

“त्रिवेणीदेखि तिलौराकोटसम्मका चराहरु” वृत्तचित्र सार्वजनिक

२०७८ श्रावण ७, बिहिबार प्रकाशित ( साल अघि) १३५२ पाठक संख्या

 

बेनीमाधव बस्याल

बुटवल,७ साउन । नेपाल पर्यटन पत्रकार महासंघ नेफ्टोज लुम्बिनी प्रदेशको आयोजनामा बृत्तचित्र सार्बजनिकीकरण गरिएको छ ।

बरिष्ठ पत्रकार चेतन पन्तको लेखन निर्देशनमा तयार पारिएको त्रिबेणीदेखि तिलौराकोटसम्मका चराहरु नामक बृत्तचित्रमा करिब ४ सय प्रजातीका चराहरुको जीवनी देखाइएको छ ।

लुम्बिनी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको भन्दै यसक्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको बसाइ लम्ब्याउनका लागि बृत्तचित्र उपयोगी रहने अपेक्षा गरिएको छ ।आज बुटवलमा एक समारोहका बिच सो बित्तचित्र सार्बजनिक गरिएको हो ।

नेपाल पर्यटन पत्रकार महासंघ नेफ्टोज लुम्बिनी प्रदेशका अध्यक्ष भुवन कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा पर्यटन ब्यबसायीहरु माधब नेपाल,समुन्द्र जिसि,पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल,बुटवल उद्योग बाणिज्य संघका महासचिब बिमलराज भट्राइ,रुपन्देही उद्यँेगसंघका माधब पौडेल,पत्रकार महासंघ रुपन्देहीका निर्बतमान अध्यक्ष यानेन्द्र जिसी, बरिष्ठ पत्रकार तथा बित्तचित्रका लेखक निर्देशक चेतन पन्त,पत्रकार मिना ढकाल लगायतले बोल्दै बित्तचित्रले यसक्षेत्रको पर्यटन बिकासमा थप टेवा पुर्याउने बताएका थिए ।

पन्तले लकडाउनको समयलाइ सदुपयोग गर्दै नेपाली भाषा र अंग्रेजी भाषमा बित्तचित्र तयार पारेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस