२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

रेडक्रस नवलपरासीद्धारा अस्पताल र स्थानीय तहलाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण

२०७८ श्रावण ५, मंगलबार प्रकाशित ( साल अघि) ६०२ पाठक संख्या

मोहन पौडेल
परासी, ५ असार । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पश्चिम नवलपरासीले जिल्लाका अस्पताल तथा स्थानीय तहलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि सक्रिय निकायहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो ।
रेडक्रसका जिल्ला सभापति राजेन्द्र अग्रहरीले आज एक कार्यक्रमकाबीच पृथ्वीचन्द्र अस्पताल परासीलाई अक्सिजन कन्सन्टे«टरसहित विभिन्न सामग्री हस्तान्तरण गर्नुभयो । अस्पतालका अध्यक्ष जगदशी चौधरीलाई एक थान अक्सिजन कन्सन्टे«टर, दुई हजार थान सर्जिकल मास्क, थर्मल गन दुई थान, अक्सिमिटर दुई थान, गुगलेश पाँच थान, फेस शिल्ड पाँच थान, गाउन पाँच थान, पिपिई पाँच थान, सेनिटाईजर २४ थान प्रदान गरिएको अध्यक्ष अग्रहरीले दैनिक 24 खबर डटकमलाई बताउनुभयो ।
रेडक्रसले चिसापानी अस्पताल र शहीद स्मृत्ति सामुदायिक अस्पताल बर्दघाटलाई पनि एक हजार थान सर्जिकल मास्क, थर्मल गन दुई थान, अक्सिमिटर दुई थान, गुगलेश पाँच थान, फेस शिल्ड पाँच थान, गाउन पाँच थान, पिपिई पाँच थान, सेनिटाईजर २४ थानका दरले प्रदान गरिएको अध्यक्ष अग्रहरीले बताउनुभयो ।
यस्तै जिल्लाका सातै स्थानीय तहलाई पनि सर्जिकल मास्क, अक्सिमिटर, गुगलेश, फेस शिल्ड, गाउन, पिपिई तथा सेनिटाईजर हस्तान्तरण गरिएको रेडक्रसले जनाएको छ । महामारी नियन्त्रण नभएकोले यस समयमा रेडक्रसले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय दातृ निकायसँग समन्वय गरी मानवीय पीडालाई कम एवं क्षति न्यूनीकरण गर्न उपचार केन्द्र, आईसोलेशन सेन्टरहरुलाई पनि पूर्वतयारी तथा प्रतिकार्यका लागि आवश्यक स्वच्छ खानेपानी, स्वास्थ्य सरसफाई, फोहार व्यवस्थापनका उपकरण, र अग्रपङ्क्तिमा खटिएकालाई व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउँदै आएको जिल्ला शाखाका कार्यकारी सदस्य अर्जुन बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस