२०८३ जेष्ठ ३१, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा लागू जोरबिजोर प्रणाली हट्यो

२०७८ श्रावण १, शुक्रबार प्रकाशित ( साल अघि) १०७४ पाठक संख्या

परासी, १ साउन । पश्चिम नवलपरासीमा सार्वजनिक तथा निजी यातायात सञ्चालनमा लगाएको जोर बिजोर प्रणाली हटाईएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक विज्ञप्ति निकाल्दै यसअघिको आदेशमा शंसोधन गरी शनिबारदेखि लागू हुने गरी जोरबिजोर प्रणाली हटाएको जनाएको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्ला भित्र जोर बिजोर नियम लागू गरेको थियो। जोरबिजोर नियम हटाईएपनि सवारी चलाउँदा स्वास्थ्यका मापदण्ड भने अनिवार्य पालना गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।
सवारी चलाउँदा मास्क, सेनिटाईजरको प्रयोग अनिवार्य तथा यात्रुहरुबीच भौतिक दुरी पनि अनिवार्य गर्न आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना महामारी कायमै रहेकोले जारी निषेधाज्ञा पनि साउन १५ गतेसम्म लम्बाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस