

परासी,१२ मंसिर । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकामा श्रम संस्कृति पार्टीले नगरकार्यसमिति गठन गरेको छ।
शनिबार आयोजित नगर भेलाले पार्टीको १५ सदस्यीय नगर समिति गठन गरेको हो । नवगठित समितिको अध्यक्षमा छविलाल बहादुर नेपाली निर्विरोध चयन हुनुभएको छ।
यस्तै समितिको उपाध्यक्षमा लिला बहादुर पुन र उत्तम थापा, सचिवमा सरस्वती गुरुङ दर्लामी, कोषाध्यक्षमा लक्ष्मी गुरुङ दर्लामी तथा सहकोषाध्यक्षमा भीम बहादुर हिस्की चयन हुनुभएको छ।
सदस्यहरूमा टङ्क बहादुर छन्त्याल, पूर्ण बहादुर थापा, चित्र बहादुर गुरुङ, राम बहादुर थापा, चन्द्र बहादुर गुरुङ, तम बहादुर पुन, रूपनारायण चमार, इन्द्रप्रसाद चौधरी र हितेश ठाकुर निर्विरोध चयन हुनुभएको हो।
कार्यक्रममा श्रम संस्कृति पार्टीका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, संविधानसभा सदस्य चिनक कुर्मी, पार्टी नेता बद्रीमान श्रेष्ठलगायतको सहभागिता रहेको थियो।
नवगठित समितिले बर्दघाट नगरपालिकामा पार्टीको संगठन विस्तार, श्रमिक तथा आम नागरिकका सवाललाई प्राथमिकतामा राख्दै पार्टीको नीति र विचारलाई जनस्तरसम्म पुर्याउने अपेक्षा गरिएको जिल्ला अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।