२०८३ मंसिर ६, आईतबार
24 खबर अपडेट

सुस्तामा श्रम संस्कृति पार्टीको पालिका समिति गठन, अध्यक्षमा राई

२०८३ मंसिर ६, आईतबार प्रकाशित (१0 घण्टा अघि) ३६ पाठक संख्या

 

परासी,६ मंसिर । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा श्रम संस्कृति पार्टीको पालिकास्तरीय कार्यसमिति गठन गरिएको छ। शनिबार सुस्तामा सम्पन्न भेलाले सुरज राज राईको अध्यक्षतामा पालिका स्तरीय कार्यसमिति चयन गरेको हो।

नवगठित समितिको उपाध्यक्षमा प्रल्हाद कोहार, कोषाध्यक्षमा मुक्तकुमार घले, सचिवमा समिर कुमार थापा मगर र सहसचिवमा बमबहादुर राना मगर चयन हुनुभएको छ।

त्यसैगरी सदस्यहरूमा जलामुदिन अन्सारी, भीमबहादुर गुरुङ, नारायण श्रेष्ठ, तारानाथ क्षेत्री, बुढे गुरुङ, वासुदेव चौधरी र सरस्वती राना मगर चयन हुनुभएको छ।

भेलामा श्रम संस्कृति पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष तुलवीर दर्लामी, नवलपरासी जिल्ला अध्यक्ष रामचन्द्र चौधरी, संविधानसभा सदस्य चिनक कुर्मी, जिल्ला उपाध्यक्ष सम्सेर गुरुङलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

पालिकास्तरमा संगठन विस्तार तथा पार्टीको विचार र उद्देश्यलाई स्थानीय तहसम्म पुर्‍याउने लक्ष्यसहित समिति गठन गरिएको जिल्ला अध्यक्ष चौधरीले जानकारी दिनुभयो ।
नयाँ कार्यसमितिले सुस्ता गाउँपालिकामा पार्टीको संगठन सुदृढीकरण तथा जनस्तरमा राजनीतिक गतिविधि विस्तार गर्ने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑