२०८३ आश्विन २६, सोमबार
24 खबर अपडेट

दशैँमा भरत क्षत्रीको नयाँ कोसेली : ‘यसपाली दशैँ तिहार सँगै मान्ने हो’

२०८३ आश्विन २६, सोमबार प्रकाशित (१९ घण्टा अघि) १२७ पाठक संख्या

मोहन पौडेल
परासी, २६ असोज । नेपालीहरूको महान् पर्व बडादशैँ, तिहार लगायत पर्वहरु नजिकिएसँगै लोकदोहोरी गायक भरत क्षत्रीले चाडपर्वको उल्लास र पारिवारिक मिलनको भाव समेटिएको नयाँ गीत ‘यसपाली दशैँ तिहार सँगै मान्ने हो’ सार्वजनिक गर्नुभएको छ ।
‘अर्को साल के हुन्छ कसले जान्ने हो, यसपाली दशैँ तिहार सँगै मान्ने हो’ भन्ने मर्मस्पर्शी भावसहित सार्वजनिक गीतले जीवनको अनिश्चितताबीच वर्तमानलाई खुसीसाथ जिउन र चाडपर्वमा परिवार तथा आफन्तसँगै रमाउन प्रेरित गर्छ।
दशैँ–तिहारमा घर फर्किने, परिवारसँग भेटघाट गर्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने नेपाली परम्परालाई गीतले सांगीतिक रूपमा प्रस्तुत गरेको छ। चाडपर्वको खुसीसँगै आफ्ना प्रियजनसँग बिताउने समयको महत्वलाई उजागर गर्ने गीतले श्रोता तथा दर्शकको मन जित्ने अपेक्षा गरिएको छ।
गीतमा सुरज भुसाल, अञ्जिता विश्वकर्मा र कुमार केसीको स्वर रहेको छ। गीतको लय तथा संगीत भरत क्षत्रीले नै तयार गर्नुभएको छ । द म्युजिक इराको प्रस्तुतिमा निर्माण गरिएको गीतको म्युजिक भिडियो निर्देशनसमेत गायक क्षत्रीले नै गर्नुभएको छ । म्युजिक भिडियोमा भरत क्षत्री, सुमन खनाल, शिव कोइराला, महेन्द्र रेग्मीलगायतका कलाकारले अभिनय रहेको छ ।
गीतको भिडियो भरत क्षत्रीको आधिकारिक युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो। विशेषगरी रोजगारी, अध्ययन तथा विभिन्न कारणले घरपरिवारबाट टाढा रहेका नेपालीलाई लक्षित गर्दै गीतले सँगै बसेर खुसी साटासाट गर्नुपर्ने भावनात्मक सन्देश दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑