२०८३ आश्विन १४, बुधबार
24 खबर अपडेट

सहयोग संकलन गरी सुस्ता–४ जरलैयावासीले पठाए भोटेकोशी बाढीपीडितका लागि दुई लाख रुपैयाँ

२०८३ आश्विन १४, बुधबार प्रकाशित (७ घण्टा अघि) ८१ पाठक संख्या

परासी,१४ असोज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रका बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–४ जरलैयावासीले दुई लाख रुपैयाँ सहयोग गरेका छन्।
सुस्ता–४ का ठूलो जरलैया र सानो जरलैयाका गाउँवासी तथा जरलैया घर भइ हाल विभिन्न मुलुकमा रहेका जरलैयावासीबाट सहयोग संकलन गरी जरलैया युवा क्लब र जरलैया आमा समूहको संयुक्त पहलमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो।
राहत रकम राष्ट्रिय वाणिज्य बैंक, त्रिवेणी शाखामार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको जरलैया युवा क्लबका सचिव धीरज गुरुङले जानकारी दिनुभयो । जरलैया युवा क्लबको प्राङ्गणमा आयोजित कार्यक्रममा क्लबका अध्यक्ष चन्द्रबहादुर घलेको अध्यक्षतामा सहयोग रकम हस्तान्तरण गरिएको थियो। कार्यक्रममा सुस्ता गाउँपालिका कार्यपालिका सदस्य मुना पुन प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रममा जरलैया आमा समूहकी अध्यक्ष चोकमाया घले, निर्वतमान वडा सदस्य बिना गिरी, निर्वतमान जरलैया आमा समूहकी अध्यक्ष सरस्वती क्षेत्री तथा जरलैया युवा क्लबका सल्लाहकार पूर्णबहादुर गुरुङको विशेष उपस्थिति रहेको थियो।
बाढी तथा विपद्का बेला स्थानीयस्तरबाट संकलित सहयोगलाई प्रभावित नागरिकसम्म पु¥याउने उद्देश्यसहित राहत कोषमा रकम जम्मा गरिएको क्लबका सचिव गुरुङको भनाइ थियो । विदेशमा रहेका गाउँवासीसमेतले विपद्को समयमा आफ्नो गाउँ र समुदायप्रतिको जिम्मेवारी महसुस गर्दै सहयोगमा हातेमालो गरेको उहाँले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑