

परासी, ६ असोज । उपभोक्ता हित संरक्षण तथा स्वच्छ बजार प्रवद्र्धनमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उपभोक्ता हित संरक्षण मञ्च पश्चिम नवलपरासीका संस्थापक अध्यक्ष एवं पूर्व केन्द्रीय सदस्य रामजी प्रसाद ज्ञवाली सम्मानित हुनुभएको छ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल केन्द्रीय समितिले ज्ञवालीलाई सम्मानपत्र प्रदान गर्दै उपभोक्ता अधिकार संरक्षण, स्वच्छ बजार र सुशासनको क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको उच्च कदर गरेको हो।
मञ्चको पोखरामा सम्पन्न ३१औँ केन्द्रिय साधारणसभाका अवसरमा उहाँलाई सम्मान गरिएको छ । उपभोक्ता हित संरक्षणमा उहाँको योगदानको कदर गर्दै आगामी दिनमा समेत सक्रिय र सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गर्दै उहाँलाई सम्मान गरिएको मञ्चकी केन्द्रिय सचिव अधिवक्ता सरस्वती शर्माले जानकारी दिनुभयो ।
उपभोक्ताका अधिकार संरक्षण, बजारमा हुने अनियमितता नियन्त्रण तथा उपभोक्तामैत्री वातावरण निर्माणका लागि नवलपरासी जिल्लामा लामो समयदेखि सक्रिय रहनुभएका ज्ञवालीले पश्चिम नवलपरासीमा उपभोक्ता अधिकारसम्बन्धी अभियानलाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको मञ्चका जिल्ला अध्यक्ष भोजराज बराकोटीले बताउनुभयो ।
यो सम्मानले उपभोक्ता अधिकार संरक्षणका क्षेत्रमा थप क्रियाशील हुन उत्साह प्राप्त भएको बताउँदै सम्मानीत व्यक्तित्व ज्ञवालीले स्वच्छ बजार र सुशासनका लागि निरन्तर लागिरहने प्रतिक्रिया दिनुभयो । ज्ञवाली हाल मञ्चको जिल्ला सल्लाहकार एवं भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्था(सिटिजन जुरी)का अध्यक्ष हुनुहुन्छ ।