२०८३ आश्विन ३, शनिबार
24 खबर अपडेट

विभिन्न प्रतियोगितामा उत्कृष्ट विद्यार्थीलाई सुनवल युनाइटेडद्धारा सम्मान

२०८३ आश्विन ३, शनिबार प्रकाशित ( घण्टा अघि) ३५ पाठक संख्या

परासी, ३ असोज । विभिन्न प्रतियोगितामा तउत्कृष्टता हासिल गर्न सफल सुनवल युनाइटेड अंग्रेजी आवासीय माध्यमिक विद्यालय, सुनवल–४ का विद्यार्थीहरूलाई सम्मान गरिएको छ । विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई विद्यालयले विशेष कार्यक्रम आयोजना गरी सम्मान गरेको हो।
विद्यालयका प्रधानाध्यापक धनराज चापागाइको अध्यक्षतामा विद्यालयमा आयोजित कार्यक्रममा चेस, आधारभूत तहस्तरीय प्रतियोगिता तथा हाजिरीजवाफमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई खादा, टीका र मेडलसहित सम्मान गरिएको थियो।
प्रिन्सिपल चापागाइका अनुसार जिसन नवलपरासीको आयोजनामा गत साउन १५ गते सम्पन्न चेस प्रतियोगितामा द्वितीय स्थान हासिल गर्ने सुगम तिवारी, भदौ ६ गते आयोजित आधारभूत तह (कक्षा १–५) प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल मान्भी न्यौपाने, मेरीसा ढकाल र एलेक्स पुनलाई सम्मान गरिएको हो । त्यस्तै भदौ २६ गते जिसन नवलपरासीको आयोजनामा सम्पन्न हाजिरीजवाफ प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने दिप्सन रुचाल, प्रियंशा कँडेल र अंकित न्यौपानेलाई पनि विद्यालयबाट सम्मान गरिएको छ ।

IMG 20260918 WA0000

विद्यार्थीहरूलाई सम्मान गर्दै विद्यालयका प्रिन्सिपल चापागाईंले विद्यार्थीको प्रतिभा र मेहनतलाई प्रोत्साहन गर्न सम्मान कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले प्रतियोगिताबाट प्राप्त उपलब्धिले विद्यार्थीमा थप आत्मविश्वास र उत्साह सिर्जना गर्ने उल्लेख गर्दै आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिनुभयो।
विद्यालयले विद्यार्थीहरूको अथक मेहनत, शिक्षक–शिक्षिकाको निरन्तर मार्गदर्शन तथा प्रभावकारी व्यवस्थापनकै परिणामस्वरूप विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विद्यालयले उल्लेख्य उपलब्धि हासिल गर्दै आएको जनाएको छ।
विद्यालयको अतिरिक्त क्रियाकलाप विभागले विद्यार्थीको रुचि, क्षमता र प्रतिभा पहिचान गरी विभिन्न प्रतियोगितामा सहभागी गराउँदै आएको जनाइएको छ। विद्यालयका अनुसार यस्ता सम्मानले उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन गर्नुका साथै अन्य विद्यार्थीलाई पनि आफ्नो क्षमता प्रदर्शन गर्न प्रेरित गर्नेछ। सम्मान कार्यक्रममा विद्यालयको अतिरिक्त क्रियाकलाप विभागका सदस्य, शिक्षक–शिक्षिका तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस