२०८३ अषाढ १३, शनिबार
24 खबर अपडेट

दोस्रो संस्करणको इन्डोर सुपर लिगको खेलाडी अक्सन सोमवार हुँदै

२०८३ अषाढ १३, शनिबार प्रकाशित ( घण्टा अघि) ३४ पाठक संख्या

काठमाण्डौ,१३ असार ।  इन्डोर सुपर लिग (आईएसएल)को दोस्रो संस्करणका लागि खेलाडी अक्सन आगामी सोमवार असार १५ गते काठमाण्डौमा हुने भएको छ ।

काठमाण्डौ स्पोर्टस इभेन्टस् प्रा.लि.को आयोजनामा हुने लिगमा १० टोली सहभागि हुँदैछन् । पहिलो संस्करणमा ८ फ्रेन्चाइज टोली सहभागी भएकोमा यस वर्ष दुई नयाँ टोली थपिएको हो ।

यस संस्करणमा टोलीहरूको नाम पनि शहर तथा प्रदेशको पहिचान झल्किने गरी परिवर्तन गरिएको छ । इन्डोर सुपर लिगका प्रबन्ध निर्देशक ज्योति भण्डारीले नयाँ टोली पहिचानले क्रिकेटप्रेमी र दर्शकमाझ थप उत्साह सिर्जना गरेको बताउँदै दोस्रो संस्करण पहिलोभन्दा अझ भव्य, व्यवस्थित र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरेका छन् ।

दोस्रो संस्करणमा काठमाण्डौ कैलाश किंग्स, सुदूरपश्चिम टाइगर्स, द लुम्बिनी योर्कर्स, मिक्समाण्डु, ललितपुर अलस्टार्ज, विराटनगर ब्याटालियन, जनकपुर किंग्स, बुटवल एम्पायर, पोखरा वारियर्स र रअ हेटौंडा रोयल्स रहेका छन् ।

प्रतियोगिता आउँदो सेप्टेम्बर २ अर्थात् भदौ १७ गतेदेखि सञ्चालन हुनेछ् । आईएसएलको पहिलो संस्करणको उपाधि अनमोल पायोनियर्सले जितेको थियो ।

फ्रेन्चाइज प्रणालीमार्फत नेपाली इन्डोर क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान र खेललाई व्यावसायिक रूपमा स्थापित गर्ने उद्देश्यसहित इन्डोर सुपर लिगको दोस्रो संस्करण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस