२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

प्रतापपुर गाउँपालिकाको स्वास्थ्य सुदृढीकरण प्रतिवेदन सार्वजनिक

२०७८ अषाढ २२, मंगलबार प्रकाशित ( साल अघि) ११३६ पाठक संख्या

परासी, २२ असार । नवलपरासीको प्रतापपुर गाउँपालिकाले गाउँपालिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पञ्चवर्षे रणनीतिक योजना निर्माण गरेको छ । उक्त रणनीतिक योजनाको प्रतिवेदन एक कार्यक्रमकाबीच बिमोचन गरिएको हो ।

गाउँपालिकाकी कार्यवहाक अध्यक्ष अञ्जु कुमारी चौधरी र स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख कृष्ण प्रसाद पोखरेलले संयुक्त रुपमा विमोचान गर्नुृभएको हो । उक्त अवसरमा गाउँपालिका अध्यक्ष चौधरीले प्रतापपुरको स्वास्थ्य प्रणालीलाई थप सुदृढ गर्नका लागि विभिन्न सातवटा संघ संस्थाहरुले सहयोग गर्दे आएकोले पालिकाले पनि अहिले तय गरेको स्वास्थ्य प्रणाली सुदृढीकरण प्रतिवेदनलाई हुबहु कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख पोखरेलले नीति, विधि र योजनाहरु बनाएर मात्र नहुने भन्दै त्यसको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने र आफ्नो कार्यालय पनि प्रतिबद्ध रहेको बताउनुभयो । पाँच पटक सम्म कार्यशाला गोष्ठी गरेर त्यसको निचोडमा १ सय १४ सुचाङ्क रहेको प्रतिवेदन तयार भएको उहाँले बताउनुभयो ।

ए.सि. एफ. नामक संस्थाको आयोजनामा आज बर्दघाटमा भएको विमोचन कार्यक्रममा प्रतापपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ईन्द्र प्रसाद लामिछानेले स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि पालिकामा २०७६ भदौ २ गतेवाट कार्य थालनी गरी अहिले प्रतिवेदन सार्वजनिक गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा कोभिड–१९ वाट बच्न स्वास्थ्यका मापदण्डहरु विषयमा सुजना सिल्वाल र प्रतापपुर गाउँपालिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणको कार्ययोजनाका विषयमा सुजय नेपाली भट्टाचार्यले सहजीकरण गर्नु भएको थियो ।

पश्चिम नवलपरासीमा सातवटा पालिकाहरु मध्ये प्रतापपुर गाउँपालिका र रामग्राम नगरपालिकाले मात्र यस प्रकारको पालिकाको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि रणनीतिक योजना बनाएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस