२०८२ चैत्र २२, आईतबार
24 खबर अपडेट

सर्वाधिक पुरस्कार राशीको सूर्यनगर गोल्डकपको दसौं संस्करण चैत्र २७ गतेदेखि

२०८२ चैत्र २२, आईतबार प्रकाशित ( घण्टा अघि) ७६ पाठक संख्या

परासी,२२ चैत ।१० औं संस्करणको सुर्यनगर गोल्डकप २०८२ चैत्र २७ गतेबाट सुरु हुने भएको छ ।जिल्लाकै सर्वाधिक पुरस्कार राशिको गोल्डकपका लागि बर्दघाट नगरपालिकाले बजेट कितावमै १२ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ ।

नव युवा क्लव बर्दघाट १६ को आयोजना र बर्दघाट नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने गोल्डकपको टिम दर्ता र अन्य तयारीका बिषयमा पुर्वतयारी भैरहेको क्लबका अध्यक्ष धन सिंह चितौरेले जानकारी दिए ।

अघिल्लो बर्षको तुलनामा आम दर्शकका लागि यसपटक भने टिकट दर घटाईएको आयोजकले जनाएको छ ।वडा नम्बर १६ का अध्यक्ष एवम् फुटबल संघ लुम्बिनी प्रदेश महासचीव भिमकाजी गुरुङका अनुसार बहुप्रतिक्षित गोल्डकपका लागी दैनिक टिकटदर रु ५०,सेमिफाइनल टिकट दर रु १०० र फाईनल खेलको टिकट दर रु २ सय कायम गरिएको छ ।

प्रथम हुने टिमले नगद रु ६ लाख ६६ हजार ६ सय ६६ रुपैया र द्वितीय हुने टिमले ३ लाख ३३ हजार ३ सय ३३ रुपैया पुरस्कार राशी प्राप्त गर्ने छ्न ।गोल्डकप अवधिभर विभिन्न बिधामा उत्कृष्ट खेलाडीहरुले समेत नगद पुरस्कार मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष चितौरेले बताए ।

कति टिम सहभागी हुने भन्ने विषयमा एकिन भैनसकेको खेलकुद संयोजक मीन गुरुङले बताए।यधपी ८ टिम सहभागी हुने अनुमान गरिएको छ ।प्रतियोगिता सञ्चालनका लागि विभिन्न संघ सस्था र सहयोगी दाताहरुबाट सहयोग संकलनको काम भैरहेको आर्थिक संयोजक प्रदिप अधिकारीले बताए ।सुर्यनगर गोल्डकप समग्र बर्दघाट नगरपालिका र जिल्लाकै चिनारी सग जोडिएको वडा अध्यक्ष भिमकाजी गुरुङल बताए ।अन्य सबै विषयबस्तुका बारेमा प्रेस मिट मार्फत जानकारी गराईने गुरुङले बताए ।

सुर्य नगर गोल्डकपका लागि बर्दघाट नगरपालिकाका निवर्तमान नगरप्रमुख धिरज शर्मा बस्यालको कार्यकालमा गोल्डकपका लागि ५ लाख बजेट विनियोजन गरी गोल संरक्षकत्वको सुरुवात हुँदै आएकोमा हाल नगरपालिकाले यसको बजेटमा उल्लेख वृद्धि गर्दै १२ लाख ५० हजार रुपैयाँ बिनियोजन गरिएको छ ।

९ औ सस्करणको सुर्य नगर गोल्डकपमा नगर प्रमुख शम्भुलाल श्रेष्ठले सबै बर्गका दर्शकहरूले खेल अवलोकन गर्न पाउनु पर्ने बताउँदै टिकट दर समायोजन गर्न आग्रह गर्दै रकम थप गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।सोही अनुरुप १० लाख बिनियोजन हुँदै आएकोमा दुई लाख ५० हजार थप गर्दै आ ब ८२/८३ को बजेट किताबमा १२ लाख ५० हजार रुपैया विनियोजन गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस