२०८१ चैत्र १, शनिबार
24 खबर अपडेट

स्ववियु निर्वाचन : नवलपरासीका तीन वटै क्याम्पसमा जित हासिल गर्ने अनेरास्ववियुको दाबी

२०८१ चैत्र १, शनिबार प्रकाशित ( घण्टा अघि) १२५ पाठक संख्या

परासी, २ चैत । स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचन नजिकिएसँगै पश्चिम नवलपरासीका क्याम्पसहरुमा चुनावी रौनक छाएको छ । यही चैत ५ गते त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त जिल्लाका तीन क्याम्पसमा स्ववियु चुनाव हुँदैछ ।
यसैबीच सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुले यस पटकको निर्वाचनमा जिल्लाका तीन वटै क्याम्पसमा स्ववियु निर्वाचन जित्ने दाबी गरेको छ । अनेरास्ववियुले स्ववियु निर्वाचन हुने पाल्ही बहुमुखी क्याम्पस परासी र त्रिभुवन क्याम्पस बेलाटारीमा एकल उम्मेदवारी दिएको छ भने दिव्यज्योति बहुमुखी क्याम्पस चिसापानी बर्दघाटमा अन्य तीन संगठनसँग गठबन्धन गरेको छ ।
तीन वटै क्याम्पसमा अनेरास्ववियुका उम्मेदवारहरु चुनावी प्रचारप्रसारमा व्यस्त रहेको अनेरास्ववियु नवलपरासीका जिल्ला अध्यक्ष सञ्जय मौर्यले जानकारी दिनुभयो । उम्मेदवारहरु आफ्ना चुनावी एजेण्डासहित विद्यार्थी भेटघाटमा व्यस्त रहेको उहाँले बताउनुभयो । यसअघिको निर्वाचनमा दिव्यज्योति र त्रिभुवन क्याम्पसमा विजयी हासिल गरेको अनेरास्ववियुले यसपटक तीन वटै क्याम्पसमा जित निकाल्ने गरि अघि बढेको दाबी गर्दै अध्यक्ष मौर्यले विद्यार्थीहरु पनि उत्साहित रहेको जिकिर गर्नुभयो ।

2

अनेरास्ववियुको तर्फबाट पाल्ही क्याम्पसमा दुर्गेश कुमार गुप्ता,त्रिभुवन क्याम्पसमा आशिष कुमार गुप्ताको नेतृत्वमा प्यानलै उम्मेदवार रहेका छन् भने दिव्यज्योति क्याम्पसमा सन्दिप देवकोटालाई अध्यक्षको उम्मेदवार बनाईएको छ । उक्त क्याम्पसले अनेरास्ववियुसँगै माधव नेपाल नेतृत्वको नेकपा एस निकट अनेरास्ववियू,नागरिक उन्मुक्ति पार्टी निकटको विद्यार्थी संगठन र अनेरास्ववियु बहुमतबीच गठबन्धन रहेको छ । यसअघिको निर्वाचनमा तीन क्याम्पस मध्ये दुईमा अनेरास्वयिु र एकमा जनमत विद्यार्थी संघले जितेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस