पश्चिम नवलपरासीको साविक रामनगर क्षेत्रमा विद्याकी देवी सरस्वतीको मन्दिर स्थापना गरी विद्याको उज्यालो प्रकाश छर्नुपर्दछ भन्ने पवित्र आत्माले आफ्नो व्यक्तिगत सम्पत्तिबाट समाज परिवर्तनका लागि समाजका न्यून एवं मध्यम वर्ग र गरिब परिवारका विद्यार्थीहरु घरमै बसेर उच्च शिक्षा आर्जन गर्न सकुन भन्ने उद्देश्यले आफ्नो बल बुताले भ्याए नभ्याएपनि मन फुकाएर दान दिनुहुने सम्पूर्ण दानदाताहरुलाई हार्दिक नमन गर्दछु। यसैगरी दिवंगत हुनु भएका दानदाताहरुको आत्माको चिरशान्तिको लागि भावपूर्ण श्रद्धान्जली अर्पण गर्न चाहन्छु ।
समयसंगै स्याम्पसको शैक्षिक सुधार एवं भौतिक संरचनाहरु व्यवस्थित गर्ने कार्य गर्नमा ढिलाई भइसकेको छ भन्ने महसुश गर्दै अहिले सम्मको अवस्था के छ त्यो गतिविधी जान्नु तपाईहरुको अधिकार हो, म त्यस तर्फ तपाईहरुको ध्यानाकर्षण गराउन चाहन्छु।
वि.स.२०६५ सालमा सम्पन्नः गरिएको यज्ञबाट प्राप्त यहाँहरुको दान रकमबाट यस क्याम्पसको मुलभवन निर्माण गरी २०६६ सालदेखि निरन्तर रुपमा पठनपाठन गराइएको छ। यस क्याम्पसमा आजका मितिसम्म आइपुग्दा १४ औं बसन्त पार गरी १५औं वसन्तमा प्रवेश गरेको छ । सीमित स्रोत र साधनका विच न्युन शुल्कमै सर्वसुलभ उच्च शिक्षा प्रवाहको मुल उद्देश्य राखेको यस सामुदायिक क्याम्पस सञ्चालनका विभिन्न आर्थिक एवं प्राविधिक चुनौतीहरुको बाबजुत उच्चशिक्षाको क्षेत्रमा गर्विलो उपस्थिति निर्माण गर्न हामी सफल रहेका छौ।
स्रोत साधनले सम्पन्न केही पुराना उच्चशिक्षा प्रदान गर्ने संस्थाहरुसंग कतिपय अवस्थामा प्रतिस्पर्धा र कतिपय अवस्थामा हातेमालो गर्दै हिड्नु पर्दा यस संस्थालाई हामीले ताकेको उच्चशिक्षा नवलपरासीको नमूना शैक्षिक केन्द्र बनाउने उद्देश्यका लागि भने धेरै गर्नुपर्ने काम बाँकी रहेको हामीले महशुस गरेका छौँ ।
भौतिक अंगहरुको पुर्णता नगरी सफल र प्रतिस्पर्धी सस्थाको रुपमा विकाश गर्न नसकिने निश्कर्षका साथ विगत देखिका सञ्चालक समितिको कार्यकाल भौतिक विकाशको प्रक्रियामा निरन्तर केन्द्रित रहेको स्पष्ट पार्न चाहन्छु । सुनवल नगरपालिकाले हरेक वर्ष यस क्याम्पसको स्तर वृद्धिका लागि बजेट विनियोजन गर्दै आएको छ।
यसैगरी नेपाल सरकार सामाजिक विकास मन्त्रालय एब लुम्बिनी प्रदेश सरकारबाट विनियोजित रकमद्वारा विभिन्न कार्यहरु सम्पन्न गरिएको छ । त्यसको विवरण निम्न बुँदामा उल्लेख गरिएको छ। त्यतिले मात्र सोचे जस्तो प्रगति गर्न कठिनाई भएको व्यहोरा जानकारी गराउदै न्युनतम शुल्क मै उच्चशिक्षा प्रदान गर्ने उद्देश्यमा केन्द्रित रहदा क्याम्पस सञ्चालनमा कठिनाई रहेको व्यहोरा जानकारी गराउन चाहन्छु ।
अब म विगत ५ वर्षको कार्यकालमा सम्पन्न भएका भौतिक प्रगति विवरणलाई बुँदागत रुपमा उल्लेख गर्न चाहन्छु ।
१. सुनवल नगरपालिकाकै सहयोगमा क्यूएए मापदण्डका अधिनमा रही व्यवस्थित चमेनागृहको निर्माण सम्पन्न गरी सेवा सुविधा सन्चालन भइरहेको छ ।
२. स्याम्पसको जम्मा रहेको झाडी सफा गरी खेतिपातीका लागि योग्य बनाइएको छ र सुनवल नगरपालिका तया बडेरा सामुदायिक वन उपभोक्ता समितिको सहयोगमा बेसार खेती समेत गरिएको छ ।
३.कृषि ज्ञान केन्द्रको सहयोगमा आंप, निषि, कटहर जस्ता फलफूलका बिरुवा लगाइएको छ।
४.शुद्धपानीको पहुँच वृद्धि गर्दै रोफिल्टरबाट खानेपानीको व्यवस्था गरिएको छ।
५.इन्टरनेट सेवा पहुँच विस्तार गर्दै इ लाइब्रेरी र सोको लागि प्राविधिक जनशक्तिको व्यवस्था गरि थप व्यवस्थित गरिएको छ ।
६.यस वर्ष सुनवल नगरपालिकाको अनुदान मार्फत वस खरिद गरी सञ्चालनमा ल्याइएको छ ।
७.न्यू बुटवल बर्दघाट २२० के भि. प्रसारण लाइन आयोजना संग समन्वय गरी क्याम्पसको प्राङ्गणमा इन्टरलक गर्ने र शौचालय निर्माणको निम्ति सर्वेक्षण एवं नापजांच सम्पन्न गरी सम्बन्धित निकायमा माग गरिएको छ तर हालसम्म बजेट प्राप्त भएको छैन ।
८.लुम्बिनी प्रदेश सामाजिक विकास डिभिजन कार्यालयको सहयोगमा कार्यालयले नै टेण्डर गरी क्याम्पसको फिल्डमा इन्टरलक लगाउने कार्य सम्पन्न भएको छ ।
९. लुम्बिनी प्रदेश सरकार के सहयोगमा क्याम्पसमा अपाङ्ग मैत्री शौचालय निर्माण गरिएको छ। बजेट अभावका अझै निर्माण कार्य सम्पन्न भएको छैन ।
१०. विश्व विद्यालय अनुदान आयोगको सहयोगमा फाइबरका डेक्स, बेन्च, स्टिल दराज, फाइल र्याक, काउण्टर टेबल, घुम्ने कुर्ची, प्लाष्टिक कचर्ची खरीद गरी प्रयोगमा ल्याइएको छ ।
११.मूल कम्पाउण्डमा गेट निर्माण गरी सञ्चालनमा ल्याइएको छ।
१२.राष्ट्रिय भुमीजायोग नवलपरासीसग क्याम्पसले भोगचलन गरेको जग्गा २५ विघाको जग्गाधनी पुर्जा ल्याउन पहल गरिएको थियो र अझै पनि उक्त प्रक्रियालाई निरन्तरता दिइने छ ।
१३ क्याम्पसको दक्षिण पट्टी सञ्चालनमा रहेको सिद्धार्थ हार्डवेयरलाई जोगाउनको निम्ति मेरो नेतृत्वमा प्रधानमन्त्री कार्यालय, बनमन्वालय, भूमि गरिबी तथा सहकारी मन्त्रालयसम्म डेलिगेशन गएका थियौ तर हरसम्भव प्रयास गर्दा पनि उक्त संरचनालाई जोगाउन नसकेको जानकारी गराउन चाहन्छु ।
यस्तै दीर्घकालिन रुपमा गर्नुपर्ने कार्य योजना बुँदागत रुपमा उल्लेख गर्न चाहन्छु। चालु आ.व.बाट प्राथमिकताका आधारमा उल्लेख गरिएका बुँदाहरु क्रमशः पुरा गर्दै जाने योजना बनाएका छौं।
१. क्याम्पसको दिर्घकालिन विकासका लागि गुरु योजना बनाउने कार्य अगाडि बढाइनेछ ।
२. नेपाल विद्युत प्राधिकरण करीडोरलाई वडा नं. १३ को वडा कार्यालयसंग सहकार्य गरी भौतिक संरचना बनाउन पहल गरिनेछ ।
३. मिनी कम्पाउण्ड लाई विस्तार गरी व्यवस्थित गरिनेछ ।
४. सञ्चालन खर्चको नोक्सानी कम गर्न निर्यामत वैकल्पिक आम्दानी को व्यवस्था गरिनेछ ।
५.क्यूएएको मापदण्ड अनुसार व्यवस्थित पुस्तकालय निर्माण गर्न पहल गरिनेछ ।
६. क्याम्पसको प्राङ्गणलाई सौन्दर्य वातावरण मैत्री बनाउन पहल गरिनेछ ।
७.क्यूएए प्राप्तिका लागि त्यसको मापदण्डअनुसार आवश्यक कामहरुलाई अनुसरण गर्दै अगाडि बढाउन पहल गरिनेछ ।
८.आवश्यकता अनुसार थप शौचालयहरु निर्माण गरिनेछ ।
९.क्याम्पसको तारवारलाई नवनिर्माण र पुनःमर्मत गरी सुदृढ गरिनेछ ।
१०.विद्यार्थी भर्ना न्युनभएकोले मानविकी संकायलाई हाल स्थगित गरिएको छ। विद्यार्थी संख्या पुगेको खण्डमा पुनः सञ्चालन गरिनेछ ।
११.क्याम्पस सभा सदस्यहरुको मताधिकारको विषयमा कार्यविधि बनाउन उपसमिति गठन गर्न अख्तियारी सिइनाइ।
१२. क्याम्पसमा अध्यापनरत प्राध्यापक र कार्यगत कर्मचारीहरुको पारीश्रमिक निकै लामो समयसम्म रोकिएको हुँदा जग्गाको बेचबिखन गरी दायित्व घटाउने प्रक्रिया अगाडी बढाइन ।
१३.लुम्बिनी प्रदेश सरकारसँग भौतिक पूर्वाधारको लागि प्रस्तावना तयार गरी यस क्याम्पसको सञ्चालनमा रहेको भवनमा टायन मार्वन र बाँकी रहेको फिल्डमा इन्टरलक लगाउने र क्याम्पको प्रशासनिक भवन निर्माणको लागि बजेट माग गर्ने योजना बनाएका छौं।
१४.क्याम्पसको पूर्व पश्चिम राजमार्गमा रहेको क्याम्पसको जग्गामा प्रशासनिक भवन निर्माण गरी प्रयोगमा ल्याउने योजना अगाडी बढाइएको छ।
१५. पूर्व संघीय माननीय सांसद पूर्व गृहराज्य मन्त्री देवेन्द्रराज कण्डेलको संघीय बजेट मार्फत निर्माण गरिएको क्याम्पसको दक्षिण पूर्व तर्फ रहेको व्यवसायिक सटरहरु वन विभागको र प्रशासनको अवरोधको कारण भाडामा लगाउन सकिएको छैन। अब वन कार्यालयसँग समन्वय गरी भाडामा लगाउन पहल गरिनेछ ।
वार्षिक उत्सव तथा क्याम्पस सभामा समक्ष पेश गरिएका केही प्रस्तावहरु ः
१.क्याम्पसको दीर्घकालीन एवम् सर्वाङ्गीण विकासको लागि गुरुयोजना तर्जुमा गर्ने ।
२. क्याम्पसको दानमा प्राप्त भएको जग्गा बेचबिखन गर्ने र उक्त रकमबाट प्राध्यापक तथा कर्मचारीहरुको भुक्तानी दिनुपर्ने तलब भुक्तान गरी बाँकी रकम दीर्घकालिन मुद्दति खातामा राखि प्राप्त व्याजवाट क्याम्पस सञ्चाननगर्ने ।
३.विश्वविद्यालय अनुदान आयोग मार्फत प्रत्येक क्याम्पसले क्याम्पस सभा असोज मसान्त भित्र गर्नु पर्ने भनि निर्देशन प्राप्त भएकोले अब अगामी वर्षहरुमा क्याम्पस सभा असोज मसान्त भित्र गर्ने र वार्षिक उत्सव फागुन ११ गते गर्ने प्रस्ताव गर्न चाहन्छ ।
४.क्याम्पसको आजीवन सदस्यहरुको सख्या अनुसार क्याम्पस सभा सञ्चालनमा गणपुरक मङ्ख्याको उपस्थितीको यकिन तथा क्याम्पस सञ्चालक समिति निर्वाचन सम्बन्धि कार्यविधि निर्माण गर्ने प्रस्ताव गर्दछु।
५.क्याम्पस सभा तथा बार्षिक उत्सवको सूचना माइकिङ्ग प्रचारप्रसार, सामाजिक सन्जालको प्रयोग तथा एफ.एम. रेडियोबाट प्रशासरण गरी सम्पूर्ण आजीवन सदस्यसम्म पुर्याउनको निम्ति प्रस्ताव गर्न चाहन्छु ।
यी सबै प्रस्तावहरु क्याम्पस सभाले सर्वसम्मत पारित गरेको छ । यो आलेख मोतीलाल बहुमुखी क्याम्पस बडेराको २०८१ फागुन ११ गते सम्पन्न १५ औँ वार्षिकोत्सव तथा क्याम्पससभामा अध्यक्ष लेखनाथ खरेलद्धारा प्रस्तुत प्रतिवेदनको आधारमा तयार गरिएको हो ।
लेखनाथ खरेल
अध्यक्ष
क्याम्पस सञ्चालक समिति–मोतीलाल बहुमुखी क्याम्पस
सुनवल–१३ बडेरा, नवलपरासी
Pal1