२०८१ माघ २३, बुधबार
24 खबर अपडेट

जनता मावि शुक्रौलीले मनायो सरस्वती पुजासहित ७५ औँ वार्षिकोत्सव

२०८१ माघ २१, सोमबार प्रकाशित ( दिन अघि) २४१ पाठक संख्या

मोहन पौडेल
परासी, २१ माघ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१५ स्थित जनता माध्यमिक विद्यालय शुक्रौलीले सरस्वती पुजा, अक्षरारम्भसहित ७५ औँ वार्षिकोत्सव मनाएको छ । सोमबार विद्यालयमा आयोजित वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौलेसर यादव(वीरेन्द्र)को अध्यक्षतामा भएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले नगरको शैक्षिक सुधारमा आफू निःस्वार्थ रुपमा लागिरहेको बताउनुभएको छ ।
विद्यालयमा विद्यार्थीको उपस्थिति बढाउँदै शैक्षिक तथा भौतिक गुणस्तर सुधारमा नगरपालिका केन्द्रित रहेको मेयर यादवले बताउनुभयो । आफू निर्वाचित भएर आएपछि विद्यार्थीको उपस्थिति बढाउन दैनिक रु १० का दरले विद्यार्थीलाई प्रोत्साहन रकम दिने कार्यक्रम थालेपछि विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको उहाँको भनाई थियो ।
मावि तहसम्मका विद्यालयका जनशक्ति व्यवस्थापन र भौतिक पूर्वाधार निर्माणका लागि नगरपालिका प्रतिबद्ध रहेको तर शैक्षिक गुणस्तर वृद्धि गर्न विद्यालय र अभिभावकले जोड दिनुपर्ने उहाँको भनाई थियो । नगर उपप्रमुख सम्झना चौधरीले शैक्षिक सुधारमा नगरपालिकाले विशेष कामहरु गर्दै आएको बताउनुभयो । उहाँले विशेषगरी अभिभावकले विद्यालय सुधारमा विशेष चासो राख्नुपर्नेमा पनि जोड दिनुभयो ।
उक्त कार्यक्रममा विद्यालयलाई चन्दा सहयोग गर्ने पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बुटवलका निर्देशक डा.प्रवेश सिंह कुँवर,जहर यादव,सुन्नर यादव राकेश पाल,सुवास गौड, अकलेश अग्रहरी,विजयराज यादव एवं उपभोक्ता समितिका पदाधिकारी लगयातलाई सम्मान पत्र र दोसल्लाले सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक चन्द्रमणि लम्सालले जानकारी दिनुभयो ।

Su2

सो अवसरमा रामग्राम–१५ का वडा अध्यक्ष धनपत यादव,विद्यालय व्यवस्थापन समितिका सदस्य रामरतन केवट,शिक्षक अभिभावक संघका अध्यक्ष सुवास गौड,दैनिक ट्वान्टीफोर खबर अनलाईनका प्रबन्ध निर्देशक मोहन पौडेल, सामाजिक अभियान्ता रवि पाण्डेय,पूर्व शिक्षक जगदीश माली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
जनता मावि शुक्रौली वि.स.२००६ सालमा स्थापना भएको जिल्लाकै पूरानो विद्यालय हो । समाजसेवी कर्णबहादुर सिंह कुँवरको नेतृत्वमा तत्कालिन अवस्थामा उक्त विद्यालयको स्थापना गरिएको थियो । विद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ भने हाल ५१७ जना विद्यार्थी अध्ययनरत रहेको उक्त विद्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस