२०८१ पौष २१, आईतबार
24 खबर अपडेट

सहकारी सञ्जाल सुनवलमा भण्डारी

२०८१ पौष १५, सोमबार प्रकाशित ( दिन अघि) १०२ पाठक संख्या

परासी,१५ पुस  । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा नगरस्तरिय सहकारी संजाल गठन भएको छ ।

सुनवल नरपालिका भित्रका सहकारीहरुको भेलाले जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था लि. सुनवल ६ विसासयका अध्यक्ष दयाराम भण्डारीको संयोजकत्वमा ११ सदस्यीय सहकारी संजाल गठन गरेको छ ।

नगरस्तरीय सहकारी संजालनमा  कृष्ण वन्धु अर्याल, यामलाल पाण्डे, डोलराज भण्डारी, लेखनाथ खरेल, लक्ष्मीदेवी ढकाल, नारायण अर्याल, खगराज उपाध्याय गीर वहादुर थापा, गोविन्द ढकाल, वल वहादुर थापा, ज्ञानु उपाध्याय गौतम र कृष्ण बहादुर केसि भेलाबाट चयन हुनुभएको छ । त्यस्तै तिन सदस्य सल्लाहाकार सदस्य समेत चयन भएको छ । सल्लाहाकारमा गंगा बहादुर गुरुङ,नरेश्वर पराजुली र निलकण्ठ गैरे रहनुभएको छ ।

सुनवल नगरपालिका भित्रका समग्र सहकारीहरुलाई प्रतिनिधित्व गर्दै सवैको साझा हितका लागी समन्वय र सहकार्य गर्दै अगाडी वढ्ने सहकारी नगर संजालका अध्यक्ष दयारम भण्डारीले बताउनुभयो  । जनकल्याण वहुउद्देश्यीय सहकारी संस्थाको सभाहलमा भएको भेलाले घुम्तिरुपमा  वैठकहरु संचालन गर्ने समेत जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस