२०८२ कार्तिक १७, आईतबार
24 खबर अपडेट

सुनवलको कीर्तिपुरमा प्रथम जेनीथ कप नकआउट फुटवल प्रतियोगिता हुँदै

२०८१ पौष १४, आईतबार प्रकाशित (0 महिना अघि) ८०६ पाठक संख्या

मोहन पौडेल
परासी, १४ पुस । पश्चिम नवलपरासीको सुनवलमा प्रथम जेनीथ कप खुल्ला फुटवल प्रतियोगिता हुने भएको छ । सुनवल नगरपालिका–३ कीर्तिपुर खेलमैदानमा आगामी पुस १७ देखि माघ ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न लागिएको हो ।
प्रतियोगिता आयोजक जेनीथ युथ क्लव कीर्तिपुरले आज पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा विजयी टीमलाई नगद रु एक लाख एक हजार १११ र उपविजेता टीमलाई ५५ हजार ५५५ सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान आयोजक क्लबले जनाएको छ । जेनीथ युथ क्लवले सञ्चालन गर्दै आएको प्रतियोगितामा यो अहिले सम्मकै सर्वाधाकि पुरस्कार राशी हो ।
्नकआउट फुटवल प्रतियोगितामा कुल १६ टीमले सहभागिता जनाउन लागेको क्लबका अध्यक्ष निकेश गुरुङ्गले जानकारी दिनुभयो । जसमध्ये जिल्लाबाहिरका ४ टीम हुनेछन् भने अन्य जिल्ला भित्रकै स्थानीय खेलाडीले अवसर पाउने उहाँले बताउनुभयो ।
प्रतियोगितामा प्रत्येक खेलका म्यान अफ द म्याच घोषित खेलाडिलाई नगद रु एक हजार ५००,उत्कृष्ट खेलाडिलाई रु ५ हजार, उत्कृष्ट डिफेन्डर, धेरै गोल गर्ने खेलाडि, र उत्कृष्ट गोलकिपरलाई रु ४ हजारका दरले नगद पुरस्कार प्रदान गरिने क्लवका पूर्व अध्यक्ष एवं कीर्तिपुर टोल सुधार समितिका अध्यक्ष बद्रीमान श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै जिल्ला फुटवल संघका कार्यबाहक अध्यक्ष ज्ञानु गुरुङ्गले यस प्रतियोगिताको माध्यमबाट नयाँ खेलाडीलाई अवसर प्रदान गर्दै स्थानीय स्तरबाट खेलाडी उत्पादन गर्ने र खेल क्षेत्रको विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिता सञ्चालनका लागि सुनवल नगरपालिकासहित देशविदेशमा रहनुभएका शुभचिन्तकहरुले सहयोग गर्ने क्लवले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारी पनि तीव्र रुपमा भईरहेको क्लवका सल्लाहकार बलबहादुर थापाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस