२०८२ बैशाख ७, आईतबार
24 खबर अपडेट

परासी खानेपानी संस्थाको निर्वाचन तालिका सार्वजनिक : मंसिर १८ गते मनोनयन,२९ गते निर्वाचन

२०८१ मंसिर १६, आईतबार प्रकाशित ( महिना अघि) २१४ पाठक संख्या

मोहन पौडेल
परासी, १६ मंसिर । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित परासी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । संस्थाको सातौँ साधारणसभा तथा अधिवेशनबाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तालिका आज सार्वजनिक गरिएको हो ।
निर्वाचन तालिका अनुसार यही मंसिर २९ गते संस्थाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन गर्ने कार्यक्रम रहेको प्रमुख निर्वाचन अधिकृत एवं नेपाल बार एसोसिएसन नवलपरासीका अध्यक्ष वरिष्ठ अधिवक्ता धन जैसी शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार आज मतदाता नामावली प्रकाशन गरिएको छ । भोली मंसिर १७ गते २ बजे भित्रमा मतदाता नामावलीमा दाबी विरोध गर्न पाउने समय रहेको छ । २ देखि ४ बजेसम्म दाबी विरोध उपर छानविन र निर्णय र मतदाताको अन्तिम नामावली प्रकाशन मंसिर १८ गते १२ बजे प्रकाशन हुनेछ ।
मंसिर १८ गते १२ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन पत्र दर्ता गर्न पाउनेछन् । उम्मेदवारको नामावली प्रकाशन सोही दिन साढे ५ बजे हुनेछ । मंसिर १९ गते विहान ९ बजेदेखि ४ बजेसम्म उम्मेदवारको मनोनयन फिर्ताको लागि समय तोकिएको छ । मनोनयन फिर्तापछिको उम्मेदवारको दोस्रो नामावली मंसिर १९ गते प्रकाशन गरिनेछ भने उम्मेदवारको मनोनयन उपरको दाबी विरोध मंसिर २० गते विहान ९ देखि २ बजेसम्म गर्न पाईनेछ ।
सोही दिन २ देखि ५ बजेसम्म उम्मेदवारको दाबी विरोधको सम्बन्धमा परेका उजुरीको जाँच र निर्णय हुनेछ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन मंसिर २१ गते हुनेछ । नयाँ समिति चयनका लागि मंसिर २९ गते विहान ९ देखि ४ बजेसम्म आदर्श मावि परासीमा मतदानको कार्यक्रम तय गरिएको छ । विधान बमोजिम एक अध्यक्ष र ६ जना सदस्यका लागि निर्वाचन हुने संस्थाले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस