२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

बर्दघाटमा ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर उपचार सेवा

२०८१ आश्विन १५, मंगलबार प्रकाशित ( हफ्ता अघि) १२७ पाठक संख्या

 

नवलपरासी , १५ असोज । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले टोलीले नगरका जेष्ठ नागरिकको घरदैलोमा पुगेर उपचार सेवा दिन थालेको छ । नगरप्रमुख शम्भुलाल श्रेष्ठ सहितको स्वास्थ्यकर्मीको टोली जेष्ठ नागरीकको घरदैलोमा पुगेर प्राथमिक उपचार सहित पौष्टीक आहार समेत उपलब्ध गराउदै आएको हो ।

९५ बर्ष भन्दा बढी उमेर समुहका बयोबृद्धि जेष्ठ नगारिकलाई घरदैलोमा पुगेर स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने नगरपालिकाको कार्यक्रम अनुसार प्रत्येक तिन तिन महिनामा यस्तो उपचार सेवालाई निरन्तता दिने नगरपालीको योजना छ ।

“बयोवृद्ध नागरिकहरू सामान्य चेकजाँचका लागि अस्पताल जान वा पुर्वाउन पनि असहज हुन्छ सोही कुरालाई ध्यानमा राखेर हामी घरदैलोमै पुगेका हौ”नगरप्रमुख श्रेष्ठले भन्नू भयो ।

घर आगनमै सेवा पाएपछि जेष्ठ नागरिकहरुले खुसी ब्यक्त गरेका छन।सो क्रममा नगरउपप्रमुख रुद्रप्रकाश उपाध्याय , सामाजीक विकास समितीका संयोजक शाखा भिमकाजी गुरुङ्ग, प्रमुख प्रशासकिय अधिकृत प्रकाश खनाल , अन्य वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरुरुको सहभगीता रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस