२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

परासी क्याम्पसको पन्ध्रौँ वार्षिकोत्सव : बिबिएस उत्तीर्ण ५३ पूर्वविद्यार्थी सम्मानित

२०८१ श्रावण २६, शनिबार प्रकाशित ( महिना अघि) ३५४ पाठक संख्या

मोहन पौडेल
परासी,२६ साउन । परासी क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेको परासी क्याम्पसले आफ्ना पूर्व विद्यार्थीहरुलाई सम्मान गरेको छ । क्याम्पसको पन्ध्रौँ वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित विशेष समारोहमा पूर्व विद्यार्थीहरुलाई सम्मान गरिएको हो ।
स्थापना कालदेखि हालसम्म क्याम्पसबाट स्नातक तह(बिबिएस) उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरिएको क्याम्पस प्रमुख सुमनगोपाल आचार्यले जानकारी दिनुभयो । पन्ध्र वर्षको अवधिमा यस क्याम्पसबाट थुप्रै विद्यार्थीले स्नातक तह उत्तीर्ण गरेपनि हाल क्याम्पसको सम्पर्कमा आएका मध्ये ५३ जना पूर्व विद्यार्थीलाई सम्मान गरिएको उहाँले बताउनुभयो ।
यस कार्यक्रमले पूर्व विद्यार्थी र शिक्षकहरुलाई भेट गराउनुका साथै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि र क्याम्पसप्रतिको स्नेह थप प्रगाढ हुने विश्वास गरिएको उहाँले बताउनुभयो । क्याम्पस प्रमुख आचार्यले पूर्वविद्यार्थीहरुको उपस्थितिले आफूहरुमा उत्साह थपेको बताउनुभयो । परासी क्षेत्रको शैक्षिक विकासमा आफूले निरन्तर योगदान गर्दै आएको बताउँदै प्रमुख आचार्यले परासी क्याम्पसको उत्पादन देशका विभिन्न क्षेत्रमा क्रियाशील भईरहेको देख्दा गौरव महशुस गरिरहेको बताउनुभयो ।
वि.स.२०६६ सालमा स्थापना भएको यो क्याम्पस परासी क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित एक मात्र क्याम्पस हो । त्रिभुवन विश्व विद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा हाल स्नातक तह अन्तरगत व्वस्थापन(बिबिएस)को अध्यापन हुँदै आएको सहायक क्याम्पस प्रमुख गोबिन्द न्यौपानेले जानकारी दिनुभयो ।
क्याम्पस प्रमुख आचार्यको अध्यक्षता तथा पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा प्रमुख वक्ता नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रीधर बस्याल,सहायक क्याम्पस प्रमुख गोविन्द न्यौपाने,कार्यक्रम संयोजक बेनीमाधव बस्याल लगायतले परासी क्याम्पसले यस क्षेत्रको शैक्षिक विकासमा खेलेको भूमिकाको चर्चा गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस