२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

विनयी त्रिवेणीमा कानुनी परामर्श कार्यक्रम

२०८१ अषाढ २०, बुधबार प्रकाशित ( महिना अघि) १४१ पाठक संख्या

दुम्किबास,१९ असार ।  घरेलु हिंसा न्यूनिकरणका लागि कानुनी परामर्श कार्यक्रम आजदेखि विनयी त्रिवेणी गाउँपालिका वडा नं.४ को सर्दिमा सुरु भएको छ ।
गाउँपालिकाको सहयोग तथा रमादेवी मिडिया प्रा.लिको समन्वयमा भएको कार्यक्रमको वडा अध्यक्ष साहिल श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा बोल्दै उहाँले घरेलु हिंसा पिडितहरुले न्याय नपाएको गुनासो गर्नुभयो । श्रेष्ठले घरेलु हिंसालाई हिंसा नै नमान्ने परिपाटिले हिंसा विरुद्ध आवाज कमै उठ्ने गरेको बताउनुभयो ।
अस्थायी प्रहरी चौकी सर्दिका इन्चार्ज हिमलाल श्रेष्ठले सचेतनामूलक कार्यक्रम मार्फत घरेलु हिंसा कम गर्न सकिने बताउदै किशोरी र महिलालाई हिंसाको प्रतिकार गर्न सक्ने सिप प्रदान गर्न सुझाव दिनुभयो ।
बेनी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सिता गहतराजले घरेलु हिंसाबाट अधिकांश महिला पिडित रहेको बताउदै आजभोलि हिंसाको प्रकृति फेरिएको दाबी गर्नुभयो । उहाँले हिंसाविरुद्ध सबै महिला एकजुट हुन आग्रह समेत गर्नुभयो ।
दुई दिनसम्म चल्ने तालिममा पत्रकार शान्ती बि.क. र अस्थायी प्रहरी चौकी सर्दिका इन्चार्ज श्रेष्ठले सहजीकरण गर्नुहुनेछ । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा नं.३,४ र ५ का ७५ जनाको सहभागीता रहेको छ ।
कार्यक्रम विनयी त्रिवेणी गाउँपालिका वडा नं.३ का सदस्य तथा कार्यपालिका सदस्य ज्ञानीसरा बि.क.को अध्यक्षतामा भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस