२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

रक्त अभाव हटाउन परासीमा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम हुँदै

२०८१ जेष्ठ ३१, बिहिबार प्रकाशित ( महिना अघि) २२१ पाठक संख्या

परासी,३१ जेठ । पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा भोली शुक्रबार खुल्ला रक्तदान कार्यक्रम हुने भएको छ । जिल्लामा देखिएको रगत अभावलाई परिपूर्ति गर्ने उद्देश्यले विश्व रक्तदाता दिवसको अवसर पारी परासीको बुद्धचोकमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
जेठ ३२ गते शुक्रबार विहान सात बजेबाट रक्तदान कार्यक्रम शुरु हुने रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । रामग्राम जेसीजसहित जिल्ला प्रहरी कार्यालय नवलपरासी, एभरग्रीन अस्पताल परासी र परासी बैंकर्स क्लवको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम हुन लागेको हो ।
नेपाल रेडक्रस सोसाईटी, रक्त सञ्चार सेवा केन्द्र परासीको प्राविधिक सहयोगमा हुने रक्तदान कार्यक्रममा आफ्नो अमूल्य रक्तदान गरि पुण्य कार्यमा सरिक हुन एभरग्रीन अस्पतालका व्यवस्थापक बलिराम कोईरीले आह्वान गर्नुभयो ।
रक्त अभावबाट कसैले पनि अमूल्य जीवन गुमाउन नपरोस् भन्ने उद्देश्यले परासीको मूख्य चोकमा जनचेतनामूलक बृहत रक्तदान कार्यक्रम आयोजना गरिएकोले सहभागि भई मानवीय सेवामा योगदान गर्न जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले अनुरोध गर्नुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस