२०८१ भाद्र २३, आईतबार
24 खबर अपडेट

बुद्ध जयन्तीमा परासीका चोक चोकमा दीपको उज्यालो, जेसीजद्धारा दीप प्रज्ज्वलन

२०८१ जेष्ठ १०, बिहिबार प्रकाशित ( महिना अघि) १८३ पाठक संख्या

परासी, १० जेठ । २५६८ औँ बुद्ध जयन्तीको अवसरमा पश्चिम नवलपरासीको सदरमुकाम परासीका चोकचोकमा दीप प्रज्ज्वलन गरिएको छ । विश्व शान्तिको कामना गर्दै रामग्राम जेसीज, रामग्राम महिला जेसीज र रामग्राम नगरपालिकाको संयुक्त आयोजनामा परासी बजारका मूख्य मुख्य चोकहरुमा दीप प्रज्ज्वलन गरिएको हो ।
परासीको बुद्धचोकबाट शुभारम्भ गरि घण्टाघर चोक, लोकतान्त्रिक चोक, वाईपास चोक र मन्झरिया चोकमा दीपप्रज्ज्वलन गरिएको रामग्राम जेसीजका अध्यक्ष मोहन पौडेलले जानकारी दिनुभयो । रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, उपप्रमुख सम्झना चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन अर्याल, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष सिनेटर सन्दिप अग्रहरी, विभिन्न संघ संस्थाका प्रतिनिधि, रामग्राम जेसीज र रामग्राम महिला जेसीजका पूर्व अध्यक्ष एवं पदाधिकारी लगायतको बृहत उपस्थितिमा दीप प्रज्ज्वलन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै रामग्राम नगरपालिकाकी उपप्रमुख सम्झना चौधरीले भगवान् गौतम बुद्धका सन्देशहरु वर्तमान समयमा अझ बढी सान्दर्भिक हुँदै गएकोले शान्तिको सन्देश फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले रामग्राम नगरपालिका अन्तरगत रहेका बौद्ध स्थलहरु रामग्राम स्तूपा र पण्डितपुर क्षेत्रको विकास र प्रवद्र्धनका लागि यस पटक नगरपालिकाले सप्ताहव्यापी खेलकुद प्रतियोगितासहित विशेष प्राथमिकता दिएर बुद्धजयन्ती मनाएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका कार्यबाहक जिल्ला सभापति विक्रम यादव, नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष सन्दिप अग्रहरी, रामग्राम महिला जेसीजकी अध्यक्ष विनिता खड्का, पत्रकार बेचु गौड, रामग्राम जेसीजका खेलकुद निर्देशक एवं कार्यक्रम संयोजक मनिष गुप्ता लगायतले बुद्धजयन्तीको महत्वबारे प्रकाश पार्नुभएको रामग्राम जेसीजका महासचिव मुकेश नारायण लोनियाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस