२०८३ बैशाख ७, सोमबार
24 खबर अपडेट

भोजपुरी क्षेत्रका चर्चित गायक तथा अभिनेता राजा भोजपुरियाको प्रस्तुतीमा रमाए परासीबासी

२०८० फागुन १७, बिहिबार प्रकाशित ( साल अघि) ४६५ पाठक संख्या

परासी, १७ फागुन । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा जारी छैठौँ नवलपरासी औद्योगिक व्यापार मेलामा भोजपुरी क्षेत्रका चर्चित गायक तथा अभिनेता राजा भोजपुरियाको प्रस्तुतीमा दर्शक रमेका छन् । मेलाको दोस्रो दिन फागुन १७ गते भोजपुरी गायक तथा अभिनेता राजा भोजपुरियाले भोजपुरि, नेपाली र हिन्दी गीतमार्फत आफ्नो बेजोड प्रस्तुती गर्नुभएको थियो ।
राति नौ बजेसम्म सञ्चालन हुँदै आएको मेलामा दर्शकहरुको पनि उत्साहजनक सहभागिता रहेको थियो । राजा भोजपुरियाको प्रस्तुतीमा दर्शकहरुले हुटिङ र नाचेर साथ दिएका थिए । मेलाको तेस्रो दिन भोली फागुन १७ गते भोजपुरि क्षेत्रकै चर्चित गायक प्रमोद जख्नीसहितका कलाकारहरुको बेजोड प्रस्तुती रहने मेला आयोजक नवलपरासी उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं सांस्कृतिक कार्यक्रम संयोजक राजेश गुप्तले जानकारी दिनुभयो ।
रामग्राम ५ वाईपास रोड नजिकै सञ्चालन भईरहेको मेलाको बुधबार अर्थमन्त्री प्रकाशशरण महतले उद्घाटन गर्नुभएको थियो । मेलाको दोस्रो दिन आर्थिक कारोबार र दर्शकको उपस्थिति सन्तोषजनक रहेको संघका अध्यक्ष ओमप्रकाश अग्रहरीले जानकारी दिनुभयो । फागुन ३० गतेसम्म सञ्चालन हुने यस मेलामा दैनिक नेपाली तथा भोजपुरि क्षेत्रका ख्याति प्राप्त कलाकारबाट सांस्कृतिक प्रस्तुती राति नौ बजेसम्म रहने आयोजकले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस