२०८३ बैशाख २६, शनिबार
24 खबर अपडेट

प्रजातान्त्रिक विचार समाज नवलपरासीद्धारा बिरामीलाई फलफूल र जुस बितरण

२०८० भाद्र २३, शनिबार प्रकाशित ( साल अघि) ५१९ पाठक संख्या

 

परासी, २३ भदौ । प्रजातान्त्रिक बिचार समाज नवलपरासीले पृथ्वी चन्द्र अस्पताल परासीका बिरामीलाई फलफूल र जुस बितरण गरेको छ । ११० औं बीपी जयन्तीको पूर्व सन्ध्यामा जिल्ला अस्पतालमा रहेका ३१ जना बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै फलफूल र जुस बितरण गरिएको समाजका अध्यक्ष डिक बहादुर पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा संविधानसभा सदस्य एव नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका महामन्त्री बिक्रम खनालले बीपीका बिचारलाई ग्रामिण तह सम्म पु¥याएर समाजलाई सुसूचित गर्नु पर्ने आजको आवश्यकता रहेको बताउनुभयो । खनालले भन्नुभयो –“अहिले राष्ट्रमा बैचारिक खडेरी परेको छ , विभिन्न बिचारहरुले समाज छितरिएको छ , छितरिएको समाजलाई बीपीको सन्देश मार्फत प्रजातान्त्रिक बिचार समाजले जोड्नु आजको आवश्यक रहेको छ, माक्सवाद, लेनिनवाद नेपालको माटो सुहाउँदो छैन, नेपाललाई सुहाउँदो बीपीको विचार हो, जसलाइ समाजले ग्रामीण तहसम्म पु¥याइ समाजलाई एकीकृत गर्न जरुरी छ।“
उक्त अवसरमा जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट किरण पाण्डे, नेपाली काङ्ग्रेस नवलपरासीका कार्यवाहक सभापति बिक्रम यादवलगायतले बोल्दै बिरामीको शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । समाजका उपाध्यक्ष बिनोद ज्ञवालीको स्वागत रहेको कार्यक्रमको संचालन सचिब शिवा रेग्मीले गर्नु मएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस