२०८३ भाद्र ११, बिहिबार
24 खबर अपडेट

पाल्हीनन्दनमा नेपाल समाजवादी युवा संघको २५ सदस्यीय कमिटी गठन

२०८० भाद्र २३, शनिबार प्रकाशित ( साल अघि) १२९५ पाठक संख्या

परासी, २३ भदौ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी(नेसपा) निकट नेपाल समाजवादी युवा संघको पालिका स्तरीय भेला पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा सम्पन्न भएको छ । भेलाले समाववादी युवा संघको पालिका स्तरीय कमिटी गठन गरेको छ ।
ऋाज भएको युवा भेलाले दीपक गुप्ताको अध्यक्षतामा २५ सदस्यीय नेपाल समाजवादी युवा संघ पाल्हीनन्दन गाउँपालिका कमिटी सर्वसम्मत गठन गरेको नेपाल समाजवादी युवा संघका जिल्ला अध्यक्ष दीपक सिंह कुर्मीले जानकारी दिनुभयो । नवगठित कमिटीको उपाध्यक्षमा श्रवण गौड, सचिवमा नुरमोहम्मद धुनिया, सहसचिवमा अजय हरिजन लगायत रहनुभएको छ ।
युवा संघका जिल्ला अध्यक्ष कुर्मीको अध्यक्षता तथा नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य चिनक कुर्मीको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य वीरेन्द्र हरिजन, कार्यबाहक जिल्ला अध्यक्ष चन्द्रभुषण पाठक आलोक, जिल्ला सदस्य लजिम अन्सारी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस