२०८३ जेष्ठ ३०, शनिबार
24 खबर अपडेट

सुस्ता–२ मा भारतीय नागरिक मृत फेला

२०८० भाद्र ५, मंगलबार प्रकाशित ( साल अघि) १३४७ पाठक संख्या

परासी, ५ भदौ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ गुदरियामा एक व्यक्ति मृत फेला परेका छन् । गुदरियास्थित भारतीय गण्डक नहरको छेउमा मृत फेला परेका व्यक्ती भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ ।
सोमबार दिउँसो गण्डक नहरको पानीको छेउमा मृत फेला परेका व्यक्ति भारतको विहार प्रदेश पश्चिम चम्पारण जिल्ला थाना बाल्मिकीनगर–३ पहाड बस्ने १९ वर्षीय सुजित पौल रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो । घटनाको विषयमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस