२०८३ जेष्ठ ३०, शनिबार
24 खबर अपडेट

परासी बुद्धचोकको लक्ष्मी मिष्ठानबाट एक लाख चोरेर कामदार फरार

२०८० श्रावण २८, आईतबार प्रकाशित ( साल अघि) ३१४१ पाठक संख्या

परासी, २८ साउन । पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित बुद्धचोकमा रहेको लक्ष्मी मिष्ठान भण्डार(पण्डित ) बाट नगद चोरी भएको छ । सोही मिठाइ पसलका एक कामदारले रकम चोरी गरि भागेको प्रहरीले जनाएको छ ।
उक्त पसलमा काम गर्दै आएका नुर हुसेन मुसलमानले राति सुतेको समयमा बाक्सा खोलेर रु एक लाख चोरेर फरार भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।

रामग्राम-१ पानी ट्यांकी नजिकै बस्ने २० वर्षीय नुर हुसेन ३/४ वर्ष देखि त्यहाँ काम गर्दै आएका थिए । फरार रहेका नुरको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१२%९%१०%३%११%१३%

प्रतिक्रिया दिनुहोस