२०८३ बैशाख २७, आईतबार
24 खबर अपडेट

प्रस्तावित संघीय शिक्षा ऐनको मस्यौदाप्रति शिक्षक संघ नवलपरासीको आपत्ति

२०८० श्रावण २३, मंगलबार प्रकाशित ( साल अघि) १३५८ पाठक संख्या

मोहन पौडेल
परासी, २३ साउन । सरकारले संसदमा पेश गर्ने तयारी गरेको संघीय शिक्षा ऐनको प्रस्तावित मस्यौदाप्रति नेपाल शिक्षक संघ पश्चिम नवलपरासीले आपत्ति जनाएको छ। सरोकारवालासँग पर्याप्त छलफल नगरी हतारमा ऐन ल्याउन लागिएको भन्दै संघले आपत्ति जनाएको हो ।
नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष भोजराज चापागाईले आज एक विज्ञप्ती जारी गर्दै सरकारले ल्याउन लागेको ऐनको मस्यौदामा समेटिएका विषयहरु हुबहु पारित भए शिक्षा क्षेत्र अझै धरासायी हुने बताउनुभएको छ । विज्ञप्तीमा भनिएको छ, “बाहिर आइरहेका मस्यौदामा भएका बिषयबस्तु हेर्दा हतारमा सरोकारवालाहरुसंग गहन छलफल नगरी बनाइएको प्रष्ट बुझिन्छ, यस्तो भएमा शिक्षा क्षेत्रलाई अझै धरासायी बनाउने देखिन्छ, देशको भबिस्य निर्माणकर्ताहरुको नै भबिष्य अन्यौलमा छ,शिक्षकहरुको मनोबल खस्किरहेको छ।”
प्रस्तावित मस्यौदामा विभिन्न समयमा सरकारसँग शिक्षकका पेशागत हकहितका विषयमा गरिएक सम्झौता सम्बोधन नभएको भन्दै शिक्षक संघले सम्झौता कार्यान्वयन गर्न पनि माग गरेको छ । “विगतमा सरकारसंग गरिएका सम्झौताहरुलाई सम्बोधन नगरी ऐन आउने बुझिएकोले अबिलम्ब सरकारलाई दबाब दिई सम्झौता कार्यान्वयन गराउन,आन्तरिक स्रोत, बालबिकास,लेखापाल,विद्यालय सहयोगी,राहत,अनुदान,अस्थायी,स्थायी,+२ लगायतका सबै शिक्षक कर्मचारीको न्यायोचित र सम्मानजनक ब्यबस्थापन साथै आगामी दिनमा शिक्षक नियुक्तिको निश्चित मापदण्ड र निश्चित समयावधिमा स्थायी प्रक्यिामा जाने नियम बनाउन,सरकारमा बसेर हचुवाको भरमा नीति नियम नबनाउन , सरकारसँग अविलम्ब बार्ता गरेर समस्यामा परेमा सबैको कुरा सुन्ने वातावरण सिर्जना गर्न केन्द्रीय नेतृत्वले नेतृत्वदायी भुमिका रहोस् र सरकारले उचित मागहरुको सम्बोधन गरोस् भन्दै नेपाल शिक्षक संघ नवलपरासी (बसुप ) जोडदार माग गर्दछौ ।” विज्ञप्तिमा भनिएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस