२०८३ बैशाख २७, आईतबार
24 खबर अपडेट

भू–संरक्षण दिवसको अवसरमा पाल्ही क्याम्पसमा पूर्व विद्यार्थी संघद्धारा वृक्षारोपण

२०८० श्रावण २३, मंगलबार प्रकाशित ( साल अघि) ९५५ पाठक संख्या

परासी, २३ साउन । भू–संरक्षण दिवसको अवसरमा पश्चिम नवलपरासीको पाल्ही बहुमुखी क्याम्पसमा वृक्षारोपण गरिएको छ । क्याम्पसमा गठित पूर्व विद्यार्थी संघको आयोजनामा बृहत बृक्षारोपण कार्यक्रम गरि भू–संरक्षण दिवस मनाईएको हो ।

B2

क्याम्पस परिसरलाई हराभरा बनाउने उद्देश्यले वृक्षारोपण कार्यक्रम गरि भू–संरक्षण दिवस मनाईएको पाल्ही क्याम्पस पूर्व विद्यार्थी संघका अध्यक्ष रामचन्द्र भण्डारीले जानकारी दिनुभयो । पूर्व विद्यार्थी संघका पदाधिकारी, क्याम्पसका प्राध्यापकहरु तथा विद्यार्थीहरुको बृहत सहभागितामा क्याम्पस परिसरमा विभिन्न जातका विरुवा रोपिएको उहाँले बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि वृक्षारोपण कार्यलाई अभियानकै रुपमा अघि बढाउने र क्याम्पसको चौतर्फी विकासमा पूर्व विद्यार्थी संघले सहयोग गर्ने उल्लेख गर्नुभयो । विभिन्न कालखण्डमा पाल्ही क्याम्पसमा अध्ययन गरि हाल आआफ्नो कार्यक्षेत्रमा रहेका पूर्व विद्यार्थीहरुलाई संगठीत गर्दै क्याम्पसको हितमा टेवा पुर्याउने उद्देश्यसहित पूर्व विद्यार्थी संघ अघि बढीरहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।

B3

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै क्याम्पस प्रमुख कैलाश ठाकुरले पाल्ही क्याम्पसको विकास तथा शैक्षिक उन्नतीमा पूर्व विद्यार्थीहरुको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पूर्व विद्यार्थी संघले आफ्नो गतिविधि अघि बढाएसँगै क्याम्पसले सहयोगी संस्था पाएको अनुभूति गरेको पनि उल्लेख गर्नुभयो । क्याम्पस प्रमुख ठाकुरले वृक्षारोपण गरिएका विरुवालाई हुर्काउने कार्यमा क्याम्पसले प्रत्यक्ष निगरानी गर्ने बताउनुभयो ।
पूर्व विद्यार्थी संघका अध्यक्ष भण्डारीको अध्यक्षता तथा क्याम्पस प्रमुख ठाकुरको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नागरिक समाजका जिल्ला अध्यक्ष राधेश्याम सिंह सैथवार, पूर्व विद्यार्थी संघका वरिष्ठ उपाध्यक्ष बेचु गौड,कार्यसमिति सदस्य मोहन पौडेल लगायतले बोल्दै रोपिएका विरुवाको संरक्षणमा जोड दिनुभएको थियो ।
उक्त अवसरमा क्याम्पसका सहायक प्रमुख दीपक अर्याल, पूर्व विद्यार्थी संघकी उपाध्यक्ष एवं सरावल गाउँपालिकाकी पूर्व उपाध्यक्ष उत्तमा राय, नेपाल लेखापढी कानून व्यवसायी एसोसियसनका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश समितिका कार्यबाहक अध्यक्ष अर्जुन बहादुर क्षेत्री लगायतको समेत सहभागिता रहेको थियो ।

B4

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस