२०८३ बैशाख २७, आईतबार
24 खबर अपडेट

नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर बने नवलपरासीको सुनवल र बर्दघाट

२०८० अषाढ २२, शुक्रबार प्रकाशित ( साल अघि) १५१७ पाठक संख्या

मोहन पौडेल
परासी, २२ असार । पश्चिम नवलपरासीको सुनवल र बर्दघाट नगरपालिका नेपालकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगर बन्न सफल भएका छन् । लुम्बिनी प्रदेश सरकारले जारी गरेको पूर्ण संस्थागत प्रसुति सेवायुक्त स्थानीय तह र जिल्ला घोषणा तथा सुनिश्चिता सम्बन्धी मापदण्ड २०८० ले निर्धारण गरेका सूचकहरु पूरा गरेपछि दुवै नगरपालिका एकैपटक पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगर बन्न सफल भएका हुन् ।
घरमा हुने सुत्केरीलाई शून्य गरी नियमित गर्भजाँच र स्वास्थ्य संस्थामै सुरक्षित सुत्केरी सेवा लिई मातृ मृत्युदर, नवशिशु मृत्युदर घटाउने,गर्भावस्था प्रसव अवस्थार सुत्केरी अवस्थामा हुन सक्ने सम्भावित जोखिमलाई कम गरी स्वस्थ आमााट स्वस्थ बच्चा जन्म दिई देशको समृद्धिमा टेवा पुर्याउनको लागि पूर्ण संस्थागत प्रसूति नगर घोषणा गरिएको सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले बताउनुभयो ।
सुनवलमा एउटा मात्र वर्थिङ सेन्टर भएपनि आमा सुरक्षा कार्यक्रमलाई प्राथमिकता दिँदै वर्थिङ सेन्टरसम्म आउनजान निःशुल्क एम्बुलेन्स सेवा,वर्थिङ सेन्टरमा सुत्केरी हुन नसक्ने गर्भवति महिलालाई बुटवल, भैरहवासम्मका अस्पतालसम्म लैजान निःशुल्क सेवम दिँदै आएको नगर प्रमुख अर्यालले बताउनुभयो । नगरका १३ वटै वडाबाट आधारभूत स्वास्थ्य सेवा प्रदान गरिएकोमा सुरक्षित मातृत्व सेवालाई प्राथमिकतामा राखी गर्भ जाँच र प्रसुति सेवालाई नर्सिङ कर्मचारीहरुबाट घरदैलोमै गई सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो ।
सुनवलमा यस आवमा प्रसुति संख्या ६८७ मध्ये दुई जना बाटोमा र अन्य संस्थागत सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख कृष्ण न्यौपानेले जानकारी दिनुभयो । वडाबाट धरधुरी सर्वेक्षण, नगरबाट भेरिफिकेसन,जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिबाट वडाहरु घोषणाको लागि अनुमति प्रदान सहित सबै वडाहरु पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा पश्चात नगरपालिकालाई पनि घोषणा गरिएको उहँले बताउनुभयो ।

Sssss

यस्तै बर्दघाट नगरपालिकाका मेयर शम्भुलाल श्रेष्ठले नवजात शिशु तथा आमाको जीवन रक्षाको लागि तोकिएको मापदण्ड पूरा गरि बर्दघाट नगरलाई नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर घोषणा गरिएको बताउनुभयो । घरमा तथा अन्य स्थानमा असुरिक्षत तरिकाले हुने प्रसूतिलाई निरुत्साहित गर्दै नियमित गर्भजाँच र स्वास्थ्य संस्थामा दिईने प्रसूति सेवालाई स्तरीय बनाई गर्भावस्था,सुत्केरी र सुत्केरी पछिको समयमा आईपर्ने जोखिमलाई कम गरी मातृ मृत्युदर,नवशिशु मृत्युदर घटाउन यस अभियानले टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
बर्दघाट नगरपालिकामा चिसापानी अस्पताल, सहिद स्मृति सामुदायिक अस्पतालसहित माकर, दाउन्नेदेवी र जहदा स्वास्थ्य चौकीबाट सुरक्षित प्रसूति सेवा उपलब्ध हुँदै आएको बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण सापकोटाले बताउनुभयो ।
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले आज सुनवल र बर्दघाटमा भएका छुट्टाछुट्टै समारोहबीच दुवै नगरपालिकालाई नेपालकै पहिलो पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगरपालिका घोषणा गर्नुभयो । नेपालको संविधान तथा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनद्धारा प्रदत्त महिलाहरुको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारको सुनिश्चितता गर्नुका साथै यस अन्तरगत दिगो विकास लक्ष्य २०३० ले निर्धारण गरेका लक्ष्यहरु हसिल गर्न प्रदेश सरकारले यो अवधारणा अघि सारेको उहाँले बताउनुभयो ।
मन्त्री खनालले पूर्ण संस्थागत प्रसुति सेवायुक्त नगर सुश्चितता तथा दिगोपनामा पनि ध्यान दिन जोड दिनुभयो । उहाँले प्रदेश भरिका सबै स्वास्थ्य संस्थाहरुबाट व्यवस्थित रुपमा स्तरीय स्वास्थ्य सेवा पुर्याउने गरि प्रदेश सरकार अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “धेरै स्वास्थ्य संस्थामा प्राविधिक लगायत अन्य कर्मचारीको दरबन्दी खाली छ,ऐन संशोधन गरेर अहिले हामीले खाली रहेका दबरन्दी छिटो भन्दा छिटो पूर्ति गर्दैछौँ,प्रदेश निजामति ऐन पनि छिट्टै पास गरेर लोकसेवामार्फत आवश्यक जनशक्ति मार्फत छिटो र छरितो रुपमा जनतालाई सेवा दिन हामी केन्द्रीत छौँ”
लुम्बिनी प्रादेशिक अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई प्रदेशको गौरवको योजनाको रुपमा अघि बढाउँदै विशेषज्ञ सेवासहित राप्ती प्रादेशिक अस्पताललाई दुई सय शैय्यामा स्तरोन्नती गर्ने र लुम्बिनी प्रादेशिक अस्पताललााई सबै रोगको उपचार हुन सक्ने गरी यो क्षेत्रकै स्तरीय अस्पतालको रुपमा विकास गर्न प्रदेश सरकारले पहल गरिरहेको मन्त्री खनालले बताउनुभयो ।
स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख ओमप्रकाश पन्थीले दुवै नगरपालिकाले पूर्ण संस्थागत प्रसूति नगर घोषणाका लागि असार १८ गते एकैदिन अनुमति पाएको र घोषणा पनि आज एकैदिन गरेकोले दुवै नगरपालिका नेपालकै पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त नगर बन्न सफल भएको जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस