२०८३ जेष्ठ १४, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा आईतबार ४१ जनाले जिते कोरोना

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) ८४५ पाठक संख्या

मोहन पौडेल
परासी, ९ जेठ । पश्चिम नवलपरासीमा आज ४१ जनाले कोरोना जितेका छन् । यो सँगै अब जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई हजार १०६ पुगेको छ ।
आज ४३ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन देवीलाल पौडेलले जानकारी दिनुभयो । अब जिल्लामा एक हजार ३८० जना संक्रिय संक्रमित रहेका छन् । हालसम्म तीन हजार ६०१ जनामा संक्रमण पुष्टि भएको मध्ये २१ सय बढीले कोरोना जितेर फर्केका हुन्।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म प्रतापपुरमा ६५ जना, सुस्तामा ७७ जना, रामग्राममा ६०४ जना, सरावलमा ७७ जना, पाल्हीनन्दनमा १५२,बर्दघाटमा ४६१, सुनवलमा ६६० जनाले कोरोना जितेका छन् ।
आज पश्चिम नवलपरासीमा महिला २६ र पुरुष १७ गरी ४१ जना संक्रमित थप भएका छन् । ती मध्ये ३३ जनाको आरटिपिसिआर र १० जनाको एन्टिजिन विधिबाट परीक्षण गरिएको हो ।
कार्यालयका अनुसार आज सुनवलमा १४, बर्दधाटमा २१,सुस्ता र सरावलमा तीन÷तीन जना र प्रतापपुरमा दुई जना थपिएका हुन् । यस्तै आज कोरोना संक्रमणबाट जिल्लामा एक जनाको मृत्यु भएको छ । यो सँगै संक्रमणबाट जिल्लामा मृत्यु हुनेको संख्या ११५ पुगेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस