२०८३ बैशाख २७, आईतबार
24 खबर अपडेट

उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर अध्यक्षमा आचार्य

२०७९ चैत्र २१, मंगलबार प्रकाशित ( साल अघि) ७३६ पाठक संख्या

परासी, २१ चैत । उपभोक्ताको हक अधिकारको निमित्त सक्रिय अधिकारवादी संस्था उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिको अध्यक्षमा हुमनाथ आचार्य चयन हुनुभएको छ ।
उपभोक्ता हित संरक्षण मञ्च जिल्ला समिति पश्चिम नवलपरासीको आयोजनामा आज बर्दघाटमा आयोजित नगर भेलाले आचार्यको नेतृत्वमा मञ्चको नगर समिति गठन गरेको हो ।
मञ्चको नवगठित ११ सदस्यीय नगर समितिको उपाध्यक्षमा धनमाया गिरी,सचिबमा कुस्माकर ढकाल(कृष्ण ),कोषाध्यक्षमा खोमराज सापकोटा तथा सदस्यहरुमा माधब अधिकारी,खेमराज सापकोटा,राम बहादुर थापा,हेमलाल न्यौपाने,मनोज सुवेदी लगायत रहनु भएको छ। नवनिर्वाचित अध्यक्ष आचार्यलाई मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले पद तथा गोपनियताको सपथ खुवाउनु भएको थियोे ।
उपभोक्ता हित संरक्षण मञ्च नेपाल नवलपरासीकि जिल्ला अध्यक्ष सरस्वती शर्माको अध्यक्षता र बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलामा नगर प्रमुख श्रेष्ठले नवगठित समितिले उपभोक्ताको हक अधिकारको लागि प्रभावकारी आवाज उठाउने तथा नीतिगत रुपमा प्रभावकारी ढंगले कार्य गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो ।
नगर उप–मुख रुद्र प्रकाश उपाध्यायले आगामी नगर सभामा उपभोक्ता हित संरक्षणको विषयले प्रवेश पाउने बताउनुभयो । नगरपालिकाकै पहलमा अहिले सम्म प्रभावकारी रुपमा बजार अनुगमन गर्न नसकेपनि जिल्लाबाट हुने अनुगमन र अन्य अनुगमनमा नगरका जनप्रतिनिधि र कर्मचारीहरुले बेला–बेलामा प्रतिनिधित्व गरिरहेको उहाँले बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय सदस्य रामजी ज्ञवालीले कुनै पनि दलको प्रभावमा नपरि नगरका उपभोक्ताहरुको हक र हितमा रहेर कार्य गर्न आग्रह गर्नु भएको थियो । घरेलु तथा साना उद्योग कार्यालय नवलपरासीका प्रमुख गंगाधर पाण्डेले ५ लाख भन्दा कम पुँजीका फर्म दर्ता स्थानीय तहमा गर्ने र ५ लाख भन्दा बढी पुंजीका फर्म घरेलुमा दर्ता हुनु पर्ने बताउँदै जतिसुकै लगानीमा ब्यवसायीले फर्म वा उद्योगहरु संचालन गरेको भएपनि सम्बन्धित स्थानीय तहमा सुचिकृत हुनु पर्ने जानकारी गराउनु भएको थियो। कार्यक्रममा बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने,बर्दघाट बजार समितिका अध्यक्ष तारा गौतम, पञ्चनगर बजार बिकास समितिका अध्यक्ष रामजी चापागाई,मञ्चका जिल्ला सदस्य हुमनाथ आचार्य, पत्रकार कृष्ण ढकाल लगायतले बोल्दै बर्दघाट नगरमा विना दर्ता संचालनमा रहेका ब्यवसायहरु बन्द गर्न नगरले पहल गर्नु पर्नेमा जोड दिनुभएको थियोे ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च नेपाल लुम्बिनी प्रदेश सदस्य धनन्जय पौडेल, बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा. घनश्याम न्यौपाने लगायतको पनि उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस