२०८३ बैशाख ३१, बिहिबार
24 खबर अपडेट

रामग्राम जेसीज र रामग्राम महिला जेसीजको आयोजनामा रमाइलो वनभोज तथा होली मिलन

२०७९ फागुन २०, शनिबार प्रकाशित ( साल अघि) ७६७ पाठक संख्या

परासी, २० फागुन । रामग्राम जेसीज र रामग्राम महिला जेसीजको संयुक्त आयोजनामा आज रमाइलो वनभोज तथा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. ११ स्थित धार्मिक तथा पर्यटकीय स्थल बाबा बर्दगोरिया धाममा आयोजित रमाइलो वनभोज कार्यक्रममा उत्साहजनक सहभागिता रहेको थियो ।
जेसीज परिवारबीच सम्बन्ध थप प्रगाढ बनाउन र होली पर्वको अवसरमा एकआपसमा भेटघाट तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले वनभोज कार्यक्रम गरिएको रामग्राम जेसीज वर्ष २०२३ का अध्यक्ष बेनी माधव बस्यालले जानकारी दिनुभयो । कार्यक्रम निकै उत्साहपूर्ण र रमाइलो वातावरणका साथ सम्पन्न भएको उहाँले बताउनुभयो । कार्यक्रममा नाचगान सहित विभिन्न खेल प्रतियोगिता आयोजना गरिएको थियोे ।
कार्यक्रममा रामग्राम जेसीज र रामग्राम महिला जेसीजका पदाधिकारी,सदस्य,पूर्व अध्यक्षहरु,छिमेकी शाखा रामनगर जेसीजका अध्यक्ष कुस्माकर चापागाईं,सुनवल जेसीजका अध्यक्ष विकास आचार्य,बर्दघाट जेसीजका अध्यक्ष गणेश पाण्डे सिसम लगायतको सहभागिता रहेको रामग्राम महिला जेसीजकी अध्यक्ष जोगमाया चौधरीले बताउनुभयो । उक्त अवसरमा नेपाल जेसीजका पूर्व उपाध्यक्ष सन्दिप अग्रहरी,रामग्राम जेसीजका निवर्तमान अध्यक्ष अनिल उपाध्याय,रामग्राम महिला जेसीजकी निवर्तमान अध्यक्ष अनिता दवाडी तिवारी, पूर्व अध्यक्ष प्रभा ज्ञवाली,पुष्पा लामा,रामग्राम नगरपालिकाकि पूर्व उपमेयर रम्भा कुँवर लगायतको उपस्थितिले कार्यक्रम थप मनोरञ्जनात्मक भएको कार्यक्रम संयोजक रामग्राम जेसीजका कार्यकारिणी उपाध्यक्ष राजु देवानले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस