२०८३ बैशाख ६, आईतबार
24 खबर अपडेट

दूधको मूल्य बढाउन दुग्ध उत्पादक सहकारी संघ नवलपरासीको माग

२०७९ माघ २७, शुक्रबार प्रकाशित ( साल अघि) ७७९ पाठक संख्या

 

परासी,२७ माघ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पश्चिम नवलपरासीले दूधको मूल्य बढाउन माग गरेको छ । दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष पूर्ण प्रसाद तिमिल्सिनाले आज एक विज्ञप्ति जारी गर्दै दूधको उचित मूल्य नपाएर किसानहरु मार्कामा परेको भन्दै अबिलम्ब दूधको मूल्य बढाउन माग गर्नु भएको हो ।
गरीब विपन्न किसानहरुको आयआर्जनमा टेवा पुयाउने काम गर्दै आएको दुग्ध उत्पादक सहकारी संस्थाका कृषकहरु अहिलेको अवस्थामा कम मूल्यमा दूध तथा दुग्ध उत्पादनहरु बेच्नु परेकाले निकै मार्कामा परेको अध्यक्ष तिमिल्सिनाको भनाई छ। उहाँले नेपाल सरकारले कृषकहरुलाई पलयान हुनबाट रोक्न दूध तथा दुग्ध उत्पादनहरुको मूल्य बढाउनु पर्ने उल्लेख गर्नुभयो ।

नयाँपुस्ता तथा किसानहरुलाई यस पेशाप्रति आकर्षित गराई देशलाई दूधमा आत्मनिर्भर बनाई दुग्ध उत्पादनलाई विदेश समेत निर्यात गर्न सक्ने अवस्था सृजना गर्नसक्ने अवस्था रहेपनि पशुलाई खुवाउने पराल, दाना चोकर, औषधि लगायतको मूल्य अत्याधिक वृद्धि हुनु, कच्चा दूधको मूल्य वृद्धि नहुनु, पशुवस्तु अनुत्पादक रहनु, कृषकहरुले उद्योगबाट समयमा भुक्तानी नपाउनु आदि कारणले पशुपालन पेशा जर्जर अवस्थामा पुगेकाले सरकारले अभिलम्ब दूधको मूल्य बढाउनु पर्ने उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस