२०८२ चैत्र ३०, सोमबार
24 खबर अपडेट

साईकल दुर्घटनामा एक जनाको ज्यान गयो

२०७९ माघ २३, सोमबार प्रकाशित ( साल अघि) ५७५ पाठक संख्या

परासी, २३ माघ । पश्चिम नवलपरासीमा साईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको रामग्राम नगरपालिका वडा नं. ८ उनवछमा भएको उक्त दुर्घटनामा परी बर्दघाट नगरपालिका वडा नं. १५ बेलडाँडाका ४९ वर्षीय आश बहादुर गुरुङको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय परासीका निमित्त प्रमुख एवं सूचना अधिकारी डिएसपी भोजराज पाण्डेका अनुसार पश्चिबाट पूर्वतर्फ जाँदै गरेको साईकल उनवछ भित्री सडक खण्डमा अचानक अनियन्त्रित भई पल्टिँदा साईकल यात्री गुरुङको ज्यान गएको हो । टाउकोमा गम्भीर चोट लागेको गुरुङ उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी ल्याईएकोमा अस्पतालले मृत्त घोषणा गरेको हो । गुरुङले डोको नाम्लोको व्यापार गर्दै आएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस