२०८३ जेष्ठ २५, सोमबार
24 खबर अपडेट

सीमा समस्या कुटनीतिक रुपमा समाधान गर्नुपर्छ- सभामुख घर्ति

२०७९ माघ १९, बिहिबार प्रकाशित ( साल अघि) ७०२ पाठक संख्या

परासी, १९ माघ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सीमा समस्या कुटनीतिक रुपमा समाधान गर्नुपर्ने बताउनुभएको छ ।  सुस्तालगायतका सीमा क्षेत्रमा बेलाबेलामा देखिने समस्याहरु दुई देशबीच कुटनीतिक रुपमा समाधान गर्न आफूले सक्दो पहल गर्ने उहाँले बताउनुभयो ।
सुस्ता बचाउ अभियानका अध्यक्ष स्वर्गीय गोपाल गुरुङको श्रद्धाञ्जलिसभालाई आज सुस्तामा सम्बोधन गर्दै  सभामुख घर्ती मगरले सीमा क्षेत्रका बासिन्दाहरु राष्ट्रियताप्रतिको भावनाबाट बढी ओत्प्रोत भएको आफूले पाएको बताउँदै जंगे पिल्लरको रूपमा सुस्ताबासी रहेको बताउनुभयो ।
स्व. गुरुङ सुस्ता बचाउ अभियानका अध्यक्ष हुँदा सुस्ताका जनताको शिक्षा, स्वस्थ्यको पहुँचमा सरकारसँग पुलका रुपमा पहल गरेको बताउँदै उहाँले सुस्ताको विकासको लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले नागरिकता र लालपुर्जाको समस्या समाधानको लागि नीतिगत रुपमा पहल गर्ने बताउनुभयो । सभामुख घर्ती मगरले शोकाकुल परिवारजनलाई समवेदना प्रकट गर्नु भएको थियो ।
गत पुस ८ गते घरमै मस्तिष्कघात भएर बिरामी परेपछि गुरुङको उपचारकै क्रममा  माघ १० गते निधन भएको थियो । यसैबीच स्व. गुरुङको स्मृतिमा निर्माण गर्न लागिएको स्मृतिद्वारको सभामुख घर्ती मगरले शिलान्याससमेत गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस