२०८३ आश्विन १८, आईतबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा एक लाख ७२ हजार ३८४ जनाले मतदान गरे,मतपेटिका संकलन हुँदै

२०७९ मंसिर ४, आईतबार प्रकाशित (३ साल अघि) १७३४ पाठक संख्या

मोहन पौडेल
परासी, ४ मंसिर । आज भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्र्तगत पश्चिम नवलपरासी ७२ प्रतिशत मत खसेको छ । देशभैभरी आज प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतदान सम्पन्न भएको छ । विहान सात बजेदेखि शुरु भएको मतदान साँझ ५ बजे सकिएको छ ।
आज सम्पन्न निर्वाचन अन्तरगत पश्चिम नवलपरासीमा कूल ७२ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका कूल मतदाता दुई लाख ४० हजार ९३० मध्ये एक लाख ७२ हजार ३८४ जनाले मतदानमा भाग लिएका हुन् ।
ती मध्ये महिला ९० हजार ४६६, पुरुष ८१ हजार ९१५ र अन्य तीन जना रहेका छन् । शान्त र मर्यादित वातावरणमा निर्वाचन सम्पन्न भएको प्रजिअ पोखरेलले बताउनुभयो । पश्चिम नवलपरासीमा एक लाख १९ हजार ६५ महिला र एक लाख २१ हजार ८६१ पुरुष मतदाता छन् । जिल्लाभर १२० मतदान स्थल र २८७ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्र(जिल्ला कारागार) मा मतदान कायम गरिएको थियो । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिनुभएको छ ।
मतदान सम्पन्न भएसँगै अहिले धमाधम मतपेटिका संकलन भईरहेको छ । जिल्लाको क्षेत्र नं. १ को बर्दघाट नगरपालिका कार्यालय र क्षेत्र नं. २ को रामग्राम नगरपालिका कार्यालयमा मतगणना हुँदैछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस


↑