२०८३ आश्विन ४, आईतबार
24 खबर अपडेट

नवलपरासीको स्वाभिमान कुल्चनेलाई अब जनताले चिन्नुपर्छ : चौधरी

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित ( साल अघि) ७७८ पाठक संख्या

नवलपरासी,३० कात्तिक । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरीले नवलपरासीका जनताको स्वाभिमान कुल्चिनेलाई जनताले चिन्नुपर्ने र चुनावबाट बिदाइ गर्नुपर्ने बताएका छ्न।

आफ्ना प्रतिस्पर्धि हृदयेश त्रिपाठी तर्फ ईङ्कित गर्दै चौधरीले जनताबिचको आपसी सद्भावमा खलल पुग्ने खालका गतिविधि गर्ने,चुनावका बेला अनेकौ प्रोपोगन्डा झिकेर सामुदायिक एक्यवद्धतालाई भाड्ने प्रवित्तलाई बढार्नु पर्ने जिकिर गरे।

बिकासको मुल लाई बन्द गरेर जनतालाई आज सम्म भुमरीमा हाल्नेहरुको गफ अब नचल्ने उनले बताए।हामी गफ गर्न आएका हैनौ आफुसग कुनै एजेन्डा नहुनेहरुले हाम्रो बिरोध गरीरहेका छन हामिसग बिरोध होईन यो क्षेत्रको स्पष्ट बिकासको खाका छ चौधरीले भने।बर्दघाट ४ को मुख्य बजारमा आज चुनावी कोण सभालाई सम्बोधन गर्दै चौधरीले ५ बर्षमै यो क्षेत्रको बिकासले फड्को मार्ने दावी गरे।

सभालाई सम्बोधन गर्दै प्रदेशसभा सदस्यका उमेदवार विश्वप्रेम पाठकले आफु चुनाव यो क्षेत्रको बिकासका लागि आफू सधै जनताको साथमा रहेको बताए।म हिजो पनि तपाईहरुकै उमेदवार थिए आज पनि छु यसपटक सफल बनाउनुहुनेछ भन्ने बिश्वास बोकेको छु पाठकले भने अब हाम्रो भिजनलाई एक पटक प्रयोग मात्र गर्न दिनुहोस।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस