२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

एमाले सरावल गाउँपालिका कमिटी अध्यक्षमा पुनः यादव

२०८१ बैशाख ६, बिहिबार प्रकाशित ( हफ्ता अघि) १०७ पाठक संख्या

परासी, ६ वैशाख। नेकपा एमाले सरावल गाउँपालिका कमिटी पश्चिम नवलपरासीको अध्यक्षमा सुरेश प्रसाद यादव निर्वाचित हुनुभएको छ । एमाले सरावल गाउँपालिका कमिटीको आज सम्पन्न दोस्रो अधिवेशनले पुनः यादवको नेतृत्वमा २८ सदस्यीय पालिका कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा देवेन्द्र शर्मा भट्टराई, सचिवमा नगेन्द्र चौधरी र उपसचिवमा मोहम्मद धनी कुजडा र नैना कुमारी चौधरी निर्वाचित हुनुभएको एमाले जिल्ला सचिवालय सदस्य देवराज श्रेष्ठले जानकारी दिनुभयो ।
अधिवेशनको नेकपा एमालेका केन्द्रीय सल्लाहकार खिमलाल पोखरेलले उद्घाटन गर्नुभएको थियो । उक्त अवसरमा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारी, प्रदेश सदस्यहरु देवराज चौधरी, बासमति हरिजन,जिल्ला उपाध्यक्ष डोलराज भण्डारी, सचिव धीरज बस्याल, उपसचिव राजन आचार्य , जिल्ला सचिवालय सदस्य जगदीश चौधरी,जिल्ला सदस्य सुखाडीप्रसाद चौधरी लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस