२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

एमाले सुनवल नगर अध्यक्षमा भण्डारी निर्वाचित

२०८१ बैशाख ५, बुधबार प्रकाशित ( हफ्ता अघि) २२३ पाठक संख्या

परासी, ५ वैशाख । नेकपा एमाले सुनवल नगर कमिटी पश्चिम नवलपरासीको अध्यक्षमा मुक्ति बहादुर भण्डारी निर्वाचित हुनुभएको छ । एमाले सुनवल नगर कमिटीको आज सम्पन्न दोस्रो नगर अधिवेशनबाट अध्यक्षका अर्का प्रत्यासी मुरली गौतमलाई पराजित गर्दै भण्डारी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
भण्डारीले १०२ मत ल्याई विजयी हुँदा अर्का प्रत्यासी गौतमले ७४ मत प्राप्त गर्नुभएको निर्वाचन मण्डलका संयोजक एवं एमाले लुम्बिनी प्रदेश सदस्य सूर्यप्रसाद न्यौपानेले जानकारी दिनुभयो । यसैगरी उपाध्यक्षमा नरिश्वर पराजुली निर्विरोध निर्वाचित हुनुभएको न्यौपानले बताउनुभयो ।
सचिव पदमा श्याम बहादुर गुरुङ ९३ मत ल्याएर विजयी हुनुभयो । सचिव पदका अर्का प्रत्यासी पदम बहादुर क्षेत्रीले ७८ मत प्राप्त गर्नुभयो । यसैगरी उपसचिवमा महिला तर्फ तुलसी कुँवर ९१ मतका साथ विजयी हुँदा अर्का प्रत्यासी मिना नेपालीले ७३ मत प्राप्त गर्नुभयो । उपसचिव खुल्लामा मोहन बुढाथोकी ५७ मत ल्याएर विजयी हुनुभयो भने अन्य प्रत्यासीहरु विष्णुप्रसाद पौडेलले ३१,हरिप्रसाद चापागाईले ४६ र विमल केसीले २४ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।
अधिवेशनले ५५ सदस्यीय नगर कमिटी निर्वाचित गरेको हो । सदस्य र उपाध्यक्ष पदमा सर्वसम्मत भएपनि अध्यक्ष सहित अन्य पदाधिकारीमा सर्वसम्मत हुन नसकेपछि चुनाव भएको थियो ।
यसअघि नगर अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेकपा एमालेकी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरिता भुसाल खनालले पार्टी सुदृढीकरण अभियानमा लाग्न कार्यकर्तालाई आह्वान गर्नुभएको थियो । एमाले पहिलो शक्ति नभएसम्म मुलुकको विकासले गति लिन नसक्ने भन्दै नेतृ खनालले पार्टीलाई पहिलो शक्ति बनाउन संगठन शसक्त हुन जरुरी रहेको बताउनुभयो । उहाँले २०८१ लाई पार्टीले संगठन शुद्धिकरण र सुदृढीकरणको वर्षको रुपमा लिएर अभियान अघि बढाईरहेको जानकारी दिँदै आगामी २०८४ सालको निर्वाचनमा स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारमा एमालेको एकल बहुमतको सरकार निर्माण हुने गरि संगठन निर्माण र जनतासँग नजिक हुने गतिविधि सञ्चालन गर्न जोड दिनुभयो ।
एमाले सुनवल नगर कमिटीका निवर्तमान अध्यक्ष दुर्गानारायण सुवेदीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं सुनवल नगरपालिकाकी मेयर बिमला अर्यालले समृद्ध सुनवल निर्माण गर्ने अभिलाषाका साथ आफूहरु अघि बढिरहेको बताउनुभयो । उहाँले सुनवलको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउँदै नगरमा क्रियाशील अन्य राजनीतिक दलहरुसँगको सहकार्यलाई जोड दिँदै विकासका कार्यहरु सञ्चालन गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा एमाले जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष मोहन कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका युवराज पराजुली, राप्रपा नगर अध्यक्ष दिल कुमारी बुढा, नेकपा मालेका भरत पाण्डे, एमाले जिल्ला सदस्य रामचन्द्र भण्डारी, निवर्तमान नगर सचिव मुरली गौतम, उपसचिव पदम क्षेत्री लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस