२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

बर्दघाटको चिसापानी साप्ताहिक हाटबजारमा उपभोक्ता सचेतना

२०८१ बैशाख ५, बुधबार प्रकाशित ( हफ्ता अघि) १०९ पाठक संख्या

बर्दघाट, ५ वैशाख । उपभोक्ता हित संरक्षण मञ्च नेपाल बर्दघाट नगर समितिले बर्दघाट–२ चिसापनीमा साप्ताहिक रुपमा लाग्दै आएको हाटबजारमा उपभोक्ता सचेतना अभियान सञ्चालन गरेको छ ।
मञ्चका नगर अध्यक्ष हुमनाथ आचार्यको अध्यक्षतामा भएको आज सम्पन्न उक्त अभियानमा घरेलु तथा साना उद्योग कार्यालय पश्चिम नवलपरासीका प्रमुख पुरुषोत्तम पौडेलसहित मञ्चका प्रदेश सदस्य धनन्जय पौडेल र नगर अध्यक्ष हुमनाथ आचार्यले उपभोक्ता शिक्षा, नीति–नियम र कानूनी प्रावधानका वारेमा सचेत गराउनुभएको थियो ।
गत आइतवार देखि शुरु भएको हाटबजार स्तरिय सचेतना अभियानको दोस्रो कार्यक्रम चिसापानीको हाट बजारमा सम्पन्न गरिएको मञ्चका नगर अध्यक्ष आचार्यले बताउनुभयो । हाटबजारमा आएका व्यवसायीलाई ब्यवसाय सञ्चालन गर्दा मर्यादित बनाउने देखि उपभोक्ताहरुलाई खाद्यवस्तु खरीद गर्दा ध्यान दिनु पर्ने कुराहरु, उपभोगमा हुने हानी नोक्सानी र फाईदाका वारेमा सचेतना जगाईएको मञ्चका नगर सचिव कुस्माकर ढकालले जानकारी दिनुभयो ।
गुणस्तरयि वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताहरुको संवैधानिक अधिकारलाई संरक्षण तथा सम्वद्र्धन गर्न उपभोक्ता हित संरक्षण मञ्च बर्दघाट नगर समितिले नगरका पाँच स्थानमा लाग्ने साप्ताहिक हाटबजारहरुमा सचेतना अभियान सञ्चालन गर्ने गरी पञ्चनगरवाट अभियानको शुरुवात गरेको थियो ।
सचेतना अभियानका क्रममा उपभोक्ता तथा विक्रेताहरुलाई उपभोग्य वस्तुको शुद्धता,गुणस्तरीयता,वस्तुको मुल्य,एम.आ.पि.,नापतौल ,विक्रि अनुमति,दर्ता ,नविकरण लगाएतका बिषयमा जानकारी गराउदै साप्ताहिक हाटबजारको अनुगमन गर्ने गरी अभियान सञ्चालन भैरहेको मञ्चका नगर सचिव ढकालले बताउनु भएको छ।
उपभोक्ता सचेतना कार्यक्रम अन्तरगत दोस्रो चरणमा नगरका सबै सामुदायिक माबिहरुका कक्षा ८ र ९ का बिद्यार्थीहरुलाई उपभोक्ता सचेतना कार्यक्रम सञ्चालन गरीने नगर सचिव ढकालले बताउनु भएको छ।
चिसापानीको साप्ताहिक हाटबजारमा उपभोक्ता सचेतना अभियान सम्पन्न भएसंगै सोही समुहले बजारको अनुगमन समेत गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
९%१%१%

प्रतिक्रिया दिनुहोस