२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

नेपाल शिक्षक महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा पाठक

२०८१ बैशाख ५, बुधबार प्रकाशित ( हफ्ता अघि) १८२ पाठक संख्या

परासी, ५ वैशाख । नेपाल शिक्षक महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा अरविन्द पाठक निर्वाचित हुनुभएको छ । महसंघको आज परासीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले पवन माविका प्रधानाध्यापक रहनुभएका पाठकको नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो । पाठकले नेपाल शिक्षक संघको तर्फबाट महासंघमा प्रतिनिधित्व गर्नुभएको हो ।
जिल्ला समितिको सहअध्यक्षमा अखिल नेपाल शिक्षक संगठनका भीम पंगेनी,उपाध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक संगठनका हसुमत अलि अन्सारी, महिला उपाध्यक्षमा नेपाल राष्ट्रिय शिक्षक परिषद्की नैनादेवी बस्याल, सचिवमा नेपाल राष्ट्रिय शिक्षक संगठनका नवराज भण्डारी चयन हुनुभएको हो ।
यसैगरी महासंघको सहसचिवमा नेपाल शिक्षक संघका शुक्रराज भट्टराई,महिला सहसचिवमा अखिल नेपाल शिक्षक संगठनकी कौशिला गुप्ता, अर्थ सहसचिवमा नेपाल राष्ट्रिय शिक्षक परिषद्का चुडामणि न्यौपाने, संस्थागत सहसचिवहरुमा नेपाल शिक्षक संघका बाबुराम पाण्डे,नेपाल राष्ट्रिय शिक्षक संगठनकी चन्द्रकला लामिछाने लगायत रहनुभएको छ । शिक्षक संगठनमा आवद्ध सदस्यताको संख्याको आधारमा पद बाँडफाँड गरिएको हो ।
महासंघका निवर्तमान जिल्ला सहअध्यक्ष भोजराज आचार्यको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ लुम्निनी प्रदेशका कार्यबाहक अध्यक्ष कुलप्रसाद लामिछानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा महासंघका निवर्तमान पदाधिकारी, शिक्षक संघ संगठनका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस