२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

एमाले रामग्राम नगर अध्यक्षमा पुन: यादव

२०८१ बैशाख ४, मंगलबार प्रकाशित ( महिना अघि) २६७ पाठक संख्या

परासी, ४ वैशाख । नेकपा एमाले रामग्राम नगर कमिटी पश्चिम नवलपरासीको अध्यक्षमा हरिलाल यादव निर्वाचित हुनु भएको छ ।
एमाले रामग्राम नगर कमिटीको आज परासीमा सम्पन्न दोस्रो नगर अधिवेशनले दोस्रो कार्यकालको लागि यादवको नेतृत्वमा नयाँ नगर कमिटी निर्विरोध निर्वाचित गरेको हो ।
नवगठित नगर कमिटीको उपाध्यक्षमा सन्त बहादुर चौधरी,सचिवमा सन्देश न्यौपाने,उपसचिवमा मोहम्मद रजाक मिया र नारायणी गड्तौला निर्वाचित हुनु भएको अध्यक्ष मण्डलका संयोजक एवं रामग्राम नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।
अधिवेशनको एमाले केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरिता खनालले उद्घाटन गर्नु भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस