२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

परासीमा स्केट पार्क निर्माण हुँदै

२०८० चैत्र २२, बिहिबार प्रकाशित ( महिना अघि) १३४५ पाठक संख्या

मोहन पौडेल
परासी, २२ चैत । साहसी खेलप्रेमीलाई लक्षित गर्दै पश्चिम नवलपरासीको सदरमुकाम परासीमा स्केट पार्क निर्माण भईरहेको छ । नयाँ पुस्तामा लोकप्रिय बनिरहेको स्केट खेलमा आकर्षण बढाउँदै खेलाडि उत्पादन र प्रशिक्षण गराउने उद्देश्यले निजी लगानीमा पहिलो पटक परासीमा स्केट पार्क निर्माण थालिएको हो ।
रामग्राम स्केट पार्क नामाकरण गरि परासीमा पार्क निर्माण कार्य थालिएको उक्त पार्कका सञ्चालक प्रकाश खनालले बताउनुभयो । आगामी बैशाखको दोस्रो साता स्केट पार्क शुभारम्भ गर्ने गरि पूर्वाधार निर्माण भईरहेको उहाँले जानकारी दिनुभयो ।
करिब साढे दुई करोड लागत अनुमान गरिएको उक्त स्केट पार्कको निर्माण कार्य गत फागुनदेखि शुरु गरिएको सञ्चालक खनालले बताउनुभयो । बालबालिका र युवा पुस्तामा पछिल्लो समय लोकप्रिय हुँदै गएको स्केट खेलको विकास, पर्यटन प्रवद्र्धन एवं यस क्षेत्रकै विकास र पहिचान स्थापिन गर्न पनि यस पार्कले टेवा पुग्ने अपेक्षा गरेको उहाँको भनाई छ ।
विशेषगरी विदेशमा निकै लोकप्रिय रहेको यो खेलमा नेपाली युवा तथा बालबालिकाहरुलाई पनि आकर्षित गराउने उद्देश्यले निजी लगानीमा उक्त पार्क निर्माण गरेको उहाँले बताउनुभयो । अहिले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ईण्डोर स्केट पार्क निर्माण भईरहेको बताउँदै उहाँले आकारको हिसावले यो पार्क यस क्षेत्रमै सबैभन्दा ठूलो स्केट पार्क रहेको दाबी गर्नुभयो । पहिलो चरणमा स्केट पार्क शुरुवात गर्ने र क्रमशः मेसिनबाट मसाज सेवा, स्नुकर,गन गेम लगायतका सुविधा थप गरिने सञ्चालक खनालले बताउनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%२%१%१%१%

प्रतिक्रिया दिनुहोस