२०८१ जेष्ठ ४, शुक्रबार
24 खबर अपडेट

एशियन लाईफ ईन्स्योरेन्स कम्पनी सुनवल शाखाद्धारा बीमा सचेतना एवं शैक्षिक सामग्री वितरण

२०८० चैत्र १८, आईतबार प्रकाशित ( महिना अघि) २९६ पाठक संख्या

मोहन पौडेल
परासी, १८ चैत । एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको १६ औँ वार्षिकोत्सवको अवसरमा पश्चिम नवलपरासीको सुनवलमा शैक्षिक सामग्री वितरण एवं बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
कम्पनीको सुनवल शाखाले वार्षिकोत्सवको अवसर पारी सुनवल ४ बेलारीमा रहेको वीरेन्द्र आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै स्थानीय आमा समूहलाई बीमा सम्बन्धी सचेतना प्रदान गरेको हो ।
कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै ग्रामीण क्षेत्रमा रहेको वीरेन्द्र आधारभूत विद्यालयका कक्षा ५ सम्म अध्यनरत १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको एशियन लाईफ ईन्स्योरेन्स कम्पनी सुनवल शाखाकी प्रमुख नमुना बस्नेतले जानकारी दिनुभयो । आर्थिक रुपमा विपन्न विद्यार्थीहरुलाई उनीहरुको अध्ययनमा हौसला बढाउन शैक्षिक सामग्रीले सहयोग पुग्ने उहाँले बताउनुभयो ।
सुनवल नगरपालिका वडा नं.४ का वडा अध्यक्ष बालकृष्ण पंगेनीको प्रमुख आतिथ्यमा उक्त शैक्षिक सामग्री वितरण गरिएको थियो । उक्त अवसरमा एशियन लाईफ इन्स्योरेन्स सञ्जालका केन्द्रीय अध्यक्ष एजेन्सी म्यानेजर एमडीआरटी २०२४ दामोदर लामिछाने, अन्तर्राष्ट्रिय मोटिभेटर प्रशिक्षक लेखनाथ पौडेल, विद्यालयका अध्यक्ष बसन्त कुमार श्रेष्ठ, सल्लाहकार संयोजक रामबहादुर पछाई, प्रधानाध्यापक भविश्वर पाण्डे, वडा सदस्य खुमिसरा विक,देवेन्द्र बस्नेत लगायतले एशियन लाईफ बीमा कम्पनीको कार्यको प्रशंसा गर्नुभएको थियो ।

3

सोही अवसरमा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी सुनवल शाखाले सोही स्थानमा बीमा सचेतना कार्यक्रम पनि सम्पन्न गरेको छ । बीमा अभिकर्तासहित बेलारी आमा समूह, प्रगतिटोल आमा समूह र चारघरे आमा समूहका गरि १३५ जनाको सहभागितामा गरिएको उक्त कार्यक्रममा बीमाको महत्व, फाईदा लगायतका विषयमा सचेतना जगाईएको थियो ।
अन्तर्राष्ट्रिय प्रशिक्षक लेखनाथ पौडेल, एशियन सञ्जालका केन्द्रीय अध्यक्ष एवं एजेन्सी म्यानेजर दामोदर लामिछाने, सुनवल शाखा प्रमुख नमुना बस्नेत लगायतले बीमाको महत्वबारे प्रकाश पार्नुभ्एको थियो । स्थानीय नागरिकलाई बीमाको महत्व बुझाउँदै बीमाको पहुँच विस्तार गर्न कम्पनीको वार्षिकोत्सवको अवसरमा उत्तः कार्यक्रम गरिएको एशियन लाईफ ईन्स्योरेन्सकी सुनवल शाखा प्रमुख बस्नेतले बताउनुभयो ।
यस कार्यक्रमको माध्यमबाट आगामी दिनमा यस क्षेत्रका स्थानीयहरुले बीमाको आवश्यकता र महत्व महशुस गरि बीमा सहभागि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो । उक्त अवसरमा एजेन्सी म्यानजेर लामिछानेले घातक रोग र यसबाट बच्ने उपाय एवं बीमाबाट हुने फाईदा लगायतका विषयमा प्रष्ट पार्नुभएको थियो ।

2

कार्यक्रममा वडा अध्यक्ष पंगेनीले बीमा आफ्नो भविष्यको लागि भएकोले सबैले बीमा गर्नुपर्नेमा जोड दिनुभयो । परिवारको सदस्यताको निधन हुँदा आर्थिक रुपमा पनि क्षति हुने बताउँदै उहाँले सुरक्षित भविष्यको लागि बीमा अपरिहार्य रहेको उल्लेख गर्नुभयो । सोही विद्यालयको कक्षा १ मा अध्यनरत देवी कुमारी थापा आमाको निधनपछि आर्थिक चपेटामा परेको बेला एशियन लाईफले नै उनी १८ वर्ष नपुग्दासम्म मासिक खर्चको रुपमा प्रति महिना रु दुई हजारको दरले रकम प्रदान गरेकोले पनि बीमाको महत्व थप प्रष्ट्याएको वडा अध्यक्ष पंगेनीको भनाई थियो ।

4

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस